दुहबी/ सुनसरीको गढि गाउँपालिकामा बाढीपीडितले पाउने ५४ लाख रकम हिनामिना गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रादेशिक कार्यलय ईटहरीमा आईतबार उजुरी दिएको पत्रकार सममेलन मार्फत संयुक्त मोर्चाका संयोजक हरिशंकर कर्णले जानकारी दिएका छन्।
२०७५ साल असार ११ गते गढि गाउँपालिमा सुशासन , बिकास र न्यायका लागि तत्कालीन नेपाल कम्युनिस्ट पाटि एमाले , नेकपा माओबादी केन्द्र र संघिय समाजवादी फोरम नेपाल बिच सयुक्त मोर्चा गठन गरि २०७५ साल असार १४ गते ९ बुदें माग राखी गढि गाउँपालिकामा ७ दिने लिखित ज्ञापन पत्र बुझाउँदा समेत गढि गाउँपालिकाले आलटाल गर्दा मोर्चाले वडा स्तरीय जनजागर अभियान संचालन गरी २०७५ साल साउन २८ मा पत्रकार समेलन गरी मोर्चाको माग सम्बोधनको लागि जनदबाब सिर्जना गरेको कर्णले पत्रकार सम्मेलनमा जानकारी दिए।
२०७५ साल साउन ३० गते संयुक्त मोर्चा र गा .पा . पदाधिकारी पत्रकार र प्रहरी निरीक्षकहरुकोहरुको रोहबरमा बार्ता थालीएको थियो । ९ बुंदे मध्ये ८ वटा माग संबोधन भएको हरिशंकर कर्णले जानकारी दिएका छन्। २०७४ साल भाद्र महिनामा आएको भीषण बाढीका कारण गढी गापा भित्रका धेरै घर क्षती ग्रस्त भएपछी त्यसै बाढी बाट सहयोग पुर्नउत्थान गर्न भनि संघीय सरकारबाट जम्मा रकम – १ करोड २१ लाख ७५ हजार रकम आएको सोही गा पा को तत्कालीन प्रमुख प्रशासकिय अधिकृत फडिन्द्र भट्टराईले प्रमाणित गरेको प्रतिलिपिबाट जानकारी भएपनि पटकपटकको वार्तामा सो रकम क–कसलाई बांडीयो भन्ने कुरा जानकारी माग्दा गढी गापाले लिखित दिन सकिदैन भनेर पन्छाउन खोजेको मोर्चाले जानकारी दिएको छ।
त्यसपछि पुन आन्दोलन र संघर्सका कार्यक्रमहरु गर्दा सादा पानामा सहिछाप बिना नामाबलि र रकम लिखित उपलब्ध गराउने सहमती भएको त्यसै कागजको आधारमा प्रत्येक वडाको उल्लेखित नामावली अनुसार सम्बन्धित पीडित हरु लाई सोधीखिजि गर्दा वडाको विबरण अनुसार कुनै पीडितले उक्त रकम पाएका छैन र कसैले उल्लेखित मध्ये आधा रकम मात्र पाप्त गरेको छु भनि जवाफ दिदा छ वटै वडा र गा. पा गरि जम्मा रकम रु ५४ लाख हिनामिना गरेको प्रमाणित भएको दाबी पत्रकार समेलन मार्फत कर्णले जानकारी दिए।
सो कुरा गढी गापाको पदाधिकारी र संयुक्त मोर्चा बिचका बार्ताका क्रममा स्वीकार गरि सकेर २०७५ साल पुस २२ गते उक्त ५४ लाख मध्ये प्रत्येक वडा लाई ९ लाखका दरले संयुक्त मोर्चाका रोहबरमा फिर्ता गर्ने र उक्त रकम सम्बन्धित पीडित लाई क्रमश ः बितरण गर्ने भनि सहमति पस्चात हाम्रो आन्दोलन स्थगित भएपनि सहमति पश्चात पटक–पटक तागेदा र डेलिकेसन जांदा छ्लफल बाहेक केही न गरेपछि आफुहरु अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरि दर्ता नम्बर ०१२५३४ गर्न बाध्य भएको कर्णले जानकारी दिए।
गढी गा.पा.को निर्वाचित जनप्रतिनिधिहरुको समय अबधि सकिन लाग्दा उक्त रकम अहिलेसम्म फिर्ता नगरेकोले सो सार्वजनिक रकमलाई गढि गाउँपालिकाका ६ वटै वडा अध्यक्षहरु गा.पा. अध्यक्ष , तत्कालीन प्रमुख प्रशासकिय अधिकृत र लेखा अधिकृत मिलेर अपचलन गरेको भन्दै उक्त रकम सोधभर्ना गरि हदैसम्मको कार्वाहीकालागि संयुक्त मोर्चाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरि गरेको कर्णले जानकारी दिए। कोचिला खबर दैनिकबाट साभार





