• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सुनसरीको दुहबीमा ट्राफिक जवानले लात्ती हानेर गराएको दुर्घटना ‘गुपचुप’ बनाइयो

काेचिला खबर by काेचिला खबर
09/27/2021
in FEATURE, समाज, स्थानीय
223
SHARES
1k
VIEWS
Share on FacebookShare on Twitter

सुनसरी/ सुनसरीको दुहबीमा सबारी चेकिङको क्रममा मोटरसाइकल चालकमाथि ट्राफिक प्रहरीले लात्ती हानेर गराएको दुर्घटना गुपचुप बनाउन खोजिएको छ । कोशी राजमार्गको दुहबी ८ स्थित जुट मिल अगाडि शनिबार बेलुका प्रहरीको संयुक्त चेकजाँचको क्रममा विराटनगरबाट इटहरी तर्फ आँउदै गरेको को ३८ प ९२४८ नम्बरको मोटरसाइकल चेकजाँचमा नरोकिएपछि ट्राफिक प्रहरी जवान जनक न्यौपानेले लात्तीले ‘लेगगार्ड’ मा हानेका थिए । प्रहरी जवानको लात्ती प्रहारले अनियन्त्रित भएको मोटरसाइकल अर्को मोटरसाइकलसँग जुधेको थियो ।

सो क्रममा मोटरसाइकलमा सवार मोरङ केराबारी ८ का तुलसी प्रसाद फुँयाल र इटहरीबाट विराटनगर जाँदै गरेको को ३० प २३५८ मोटरसाइकलमा सवार इटहरी ४ का इमान राई र सिता घिमिरे घाइते हुन पुगेका थिए । फुँयालको गाला र घुँडामा चोट लागेको थियो भने इमान राई र सिता घिमिरेको हात र निधारमा चोट लागेको थियो । दुहबीकै स्थानीय अस्पतालमा तीनैजना उपचार पश्चात घर फर्किएका छन् ।

तर यो घटनामा लात्ता प्रहार गर्ने ट्राफिक प्रहरी जवान न्यौपानेलाई जोगाउदै घाइतेको उपचार खर्च बेहोर्न सहमति गरिएको थियो । इलाका प्रहरी कार्यालय दुहबीमा भएको दुवै पक्षको छलफलमा लात्ता हान्ने प्रहरीले तीनैजनाको उपचार खर्च बेहोर्ने सहमति भएको हो ।

लाइसेन्स नभएका कारण फुँयालले तीब्र गतिमा मोटरसाइकल भगाएको अनुसन्धानबाट खुलेको छ ।

प्रहरी जवानको यो हर्कत लुकाउन ट्राफिक प्रहरी पोष्ट दुहबी र १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले सहयोग गरेको छ । ट्राफिक प्रहरी प्रमुख एसपी वासुदेव खतिवडासँग यो प्रसङ्गमा प्रतिकृया लिदा उनले घटना ट्राफिकसँग सम्बन्धित नभएको भनी गैरजिम्मेवारी जवाफ दिएका थिए ।

‘घटना भएको मलाई जानकारी छैन, यो विषय हाम्रो हैन, जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझ्नु होला’ भनेर एसपी खतिवडाले जवाफ फर्काएका थिए ।

तर लात हान्ने प्रहरी जवानलाई घटनास्थलबाट भगाउन प्रहरीलाई हम्मे हम्मे परेको थियो । स्थानीय, सबारी चालक तथा घाइतेका आफन्तले ति प्रहरीलाई घेरेर हातपात गर्ने प्रयास गरेका थिए । सडक अवरुद्ध बनाएर ति प्रहरी जवानको हर्कतको व्यापक विरोध भएको थियो ।

यता १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रवक्ता डीएसपी सुमन तिम्सिनाले पनि प्रहरीको कारण नभइ तीब्र गतिले अनियन्त्रित भएको मोटरसाइकल अर्कासँग जुधेको बताए । ‘चेकजाँचको क्रममा हामीले रोक्न खोज्यौ, तर मोटरसाइकल चालक प्रहरी देखेर भाग्ने क्रममा दुर्घटना भएको हो’ उनले भने ‘प्रहरीमाथि लगाइएको आरोप सरासर गलत हो ।’

ट्राफिक प्रहरीले नै यदि लात्ता हानेको अवस्था भए, छानबिन हुने डीएसपी तिम्सिनाले प्रतिबद्धता जनाए ।

‘ठुलो दुर्घटना टर्यो’

ट्राफिक प्रहरीकै कारण दुईवटा मोटरसाइकल दुर्घटना हुन पुगेको चेकजाँचमा रहेका प्रत्यक्षदर्शी र स्थानीय बताउँछन् । ‘धन्न मोटरसाइकल मोटरसाइकल जुध्यो, ठुलो सबारी साधन थियो भने बाइक चालकको ‘स्पोटडेथ’ हुने स्थिति थियो’ प्रत्यक्षदर्शी स्थानीय ब्रिकम साहले भने ‘यसको सबै दोष ति ट्राफिक प्रहरी हुन् ।’

‘निकै तीब्र गतिमा थियो बाइक । जनपद र ट्राफिक प्रहरीले रोक्न इसारा गदै थिए, तर त्यो बाइक चालक नजिकै आएर भाग्ने कोसिस गरे । तर ट्राफिक प्रहरी जवान न्यौपानलेले लात्तीले हाने र बाइक अनियन्त्रित भएर अर्कासँग जुध्यो ।’

बाइक जुधेपछि स्थानियहरुले ट्राफिक प्रहरीको यस्तो हर्कत बिरुद्ध एक घण्टा सडक अवरुद्ध गरेको साह बताउँछन् । ‘लात्ता प्रहार गर्ने ति ट्राफिक प्रहरी जवानलाई कारबाही गर्नुपर्ने मागसहित सडक अवरुद्ध गरेका थियौ, पछि इलाका प्रहरी कार्यालय दुहबीका प्रहरी निरीक्षक घनेन्द्रहाङ खजुमले बिभागिय कारबाही हुने आस्वाशन दिएपछि सडक सुचारु भएको थियो । तर अहिले दुर्घटनाको सहमति छ र ति प्रहरीलाई जोगाउन खोजिदै छ ।’

साह भन्छन्: ‘ट्राफिक जवानको त्यो हर्कतले चालकको ज्यान जाने अवस्था हुन सक्थ्यो। तर भाग्यले ठुलो दुर्घटना हुन पाएन ।’ नियम कानून कार्यान्वयन गर्ने प्रहरीकै यस्तो सनकपललाई गुपचुप राखेर घटना लुकाउन खोज्नु गम्भीर विषय भएको उनको भनाई छ ।

अर्का प्रत्यक्षदर्शी एवम सबारी चालक जगतबहादुर तामाङले बाइक दुर्घटना हुनुमा ट्राफिक प्रहरी जवानको बढी दोष रहेको बताए । कतिपय ट्राफिक प्रहरीको यस्तो हर्कत र व्यवहारको कारण चालहरुले दुख पाउने गरेको उनि बताउँछन् । अपराध न्यूजबाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026
सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

सुनसरी ३ मा चार दलको उमेदवार टुंगियो ।

01/19/2026
नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

सामाजिक सञ्जालबाट धार्मिक सद्भाव भड्काउनेलाई गृह मन्त्रालयको कडा चेतावनी

01/05/2026
सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

सुनसरी–३ मा एमालेबाट चौधरी र हुसेन सिफारिस ।

01/04/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist