दुहबी/ सुनसरीकोदुहबीमा दुर्गा काली मन्दिर समिति गठन भएको छ।
दुर्गा काली मन्दिर समितिको अध्यक्षमा राजेश्वर चौधरी उपाध्यक्ष मा बिरेन्द्र हलुवाइ सचीवमा सन्जिप गुप्ता सह सचिवमा चन्दन मण्डल र कोषअध्यक्षबाट नाम आउन बाकी रहेको जनाइएको छ। बाकी अन्य सदस्य हरु सहित ११जना को समिति गठन हुनुकासाथै पुजा समितिको अध्यक्षमा सुनिल ठाकुर सर्ब सहमतिबाट चयन गरिएको बताइएको छ।
पुरानो समिति लाई धन्यवाद दिदै र नयाँ समितिलाई आउने दिनको शुभकामना दिदै समिति गठन गरिएको थियो। दुहबी ६ का वडाअध्यक्ष मुन्ना हलुवाइले मन्दिरलाई सहयोग गर्ने बाचा गर्दै मन्दिरलाई अझ राम्रोसँग ब्यब्स्थित गर्न प्रत्यक्ष अप्रत्यक्ष साथमा रहने बताए।
अध्यक्ष मुन्ना हलुवाइले दशैंको शुभकामना दिदैं
समिति गठन गर्नको लागि वडा नम्बर ४ का वडाअध्यक्ष राजन बस्नेत लगायत समाज सेवि र बुद्धि जिबि नागरिक समाज र वडा नम्बर ६ का सम्पूर्ण टिम लगायत प्रतिनिधी र साथीभाइ हरुको उल्लेखनिय भुमिका रहेको बताए।






