• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

देवानगञ्ज गाउँपालिकाको भवनमा कमसल सामाग्री प्रयोग

काेचिला खबर by काेचिला खबर
07/22/2021
in FEATURE, समाज, स्थानीय
158
SHARES
716
VIEWS
Share on FacebookShare on Twitter

राकेश कर्ण/देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिकाको निर्माणाधिन प्रशासनिक भवनमा मापदण्ड विपरीतका निर्माण सामाग्री प्रयोग गरिएको पाइएको छ ।

भवन निर्माण कार्यमा गुणस्तरहीन सिमेन्ट, वालुवा तथा इँटाको प्रयोग गरिएको पाइएको हो । सुनसरीको देवानगञ्ज–२ स्थित भोगाधिकार प्राप्त ९ कठ्ठा ऐलानी जग्गामा यतिखेर सुविधा सम्पन्न गाउँपालिका भवन निर्माणको कार्य भइरहेको छ । आउँदो मङ्सिर मसान्तभित्र भवनको निर्माण सम्पन्न गर्ने तयारी छ । तर निर्माणाधिन प्रशासनिक भवनमा कमसल र मापदण्ड विपरितका निर्माण सामाग्री प्रयोग भईरहेको फेला परेको हो । ठेक्का सम्झौता अनुसार भवन निर्माणमा ओपिसी सिमेन्टको प्रयोग गर्नुपर्ने भएपनि ठेकेदार कम्पनीले दुई नम्बरी इँटा र कम गुणस्तरको पिपिसी सिमेन्टको प्रयोग गरिरहेको छ । वडा नंं. २ स्थित निर्माणाधिन दुईतले उक्त भवनमा हाल छत ढलाई, भित्री प्लास्टर र वाईरिङ लगायतका कार्यहरु सम्पन्न भईसकेका छन् । तर हालसम्म सम्पन्न भईसकेका निर्माण कार्यमा गुणस्तहीन निर्माण सामाग्रीको प्रयोग भएको देखिएको छ ।

निर्माण कार्यमा आवश्यक ओपिसी सिमेन्ट अर्डर गरेको १७ दिन बितिसकेको भएपनि समयमै नआएकाले पिपिसी सिमेन्टको प्रयोग गरिएको गाउँपालिका भवन निर्माणका साइड इन्चार्र्ज राजकुमार यादवले बताए । ‘पछिल्लो समयको लकडाउनले पनि निर्माण कार्यलाई प्रभावित बनाएको छ,’ उनले भने, ‘अर्डर गरेपछि तुरुन्तै त आउँदैन । अर्डर अनुसारको सिमेन्ट समयमै नआएकाले विकल्पमा पिपिसी प्रयोग गरेका हौं ।’

नेपालमा सबैभन्दा बढी प्रयोग हुने सिमेन्ट पिपिसी र ओपिसी हो । पिपिसीमा ७० प्रतिशत क्लिङ्कर, २५ प्रतिशत फ्लार्यस र ५ प्रतिशत जिप्सम गरि ३० प्रतिशत अन्य सामग्रीहरू प्रयोग गरिएको हुन्छ । यसले सिमेन्टलाई तत्कालै सेट हुन दिँदैन ।

यस्तो सिमेन्ट घरको प्लास्टर र इँटामा गारोको रूपमा प्रयोग गरिन्छ । तर ओपीसी सिमेन्टमा भने ९२ देखि ९५ प्रतिशतसम्म क्लिङ्कर र ५ देखि ८ प्रतिशतसम्म मात्रै जिप्सम र अन्य सामाग्रीहरू प्रयोग गरिएको हुन्छ । ओपिसी सिमेन्टमा क्लिङ्करको मात्रा बढी हुने भएकाले पिपिसीभन्दा छिटो सेट हुन्छ । यसलाई विशेषगरि घर र पिलरको ढलानमा प्रयोग गरिन्छ । पिपिसीको तुुलनामा ओपिसीलाई बढी गुणस्तरयुक्त मानिन्छ । तर निर्माण कार्यमा कमसल निर्माण सामाग्रीको प्रयोगले भवनको सुरक्षामा प्रश्न उब्जिएपछि स्थानीय पनि आक्रोशित बनेका छन् ।

निर्माण कार्यमा अनियमितता गर्नेलाई कारबाहीको दायरमा ल्याएर भवनमा प्रयोग गरिएका निर्माण सामाग्रीको ल्याब परीक्षण गरिनुपर्ने देवानगञ्ज–३ का बेचन मेहताले बताए । उनले भने, ‘निर्माण कार्य सुरु भएदेखि नैै कमसल सामाग्रीको प्रयोग हुुँदैछ भन्ने सुनेका थियौं । तर हालसम्म ठेकेदार कम्पनीविरुद्ध कुनै ठोस कदम चालिएको छैन । यसले निर्माण गाउँपालिकाको पनि मिलेमत्तो रहेकोे आशङ्का सहजै गर्न सकिन्छ ।’

२०७४ सालको निर्वाचन अगावैदेखि हालसम्म देवानगञ्ज गाउँपालिकाले भवन भाडामा लिएर आफ्नो प्रशासनिक कार्य सञ्चालन गर्दै आएको छ । तर भाडामा रहेको हालको गाउँपालिका भवन साँघुरो र कार्य सम्पादनको हिसाबले उपर्युक्त नभएकाले वडा नं. २ स्थित गाउँपालिकाले आफ्नैै भवन निर्माणको कार्य अघि बढाएको हो । यही मङ्सिरभित्रै निर्माण सम्पन्न गर्ने तयारीका साथ काम भईरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चुँडामणि गुराँगाईले बताए ।

२०७६ चैत्र ९ गते ६ करोड २ लाख ८५ हजार ८ सय ४६ रुँपैयाँमा ठेक्का लागेको उक्त भवन २०७८ चैत्र ८ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर गाउँपालिकाले सम्झौता विपरित तोकिएको मिति अगावै निर्माण सम्पन्न गर्न दबाब दिएपछि गाउँपालिकाको भवन भने गुणस्तरहीन बन्ने निश्चित भएको छ । गाउँपालिका भवन निर्माणको ठेक्का भने रविना अभिसा जे.भी. निर्माण सेवा कम्पनीले लिएको छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

Lions Clubs International अन्तर्गत लायन्स क्लब अफ दुहवीको अध्यक्षमा इन्द्र श्रेष्ठ चयन ।

05/13/2026
दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

दुहबीको धनी विद्यालय बेहाल : कक्षा कोठा अभावले बरण्डामै पढ्न बाध्य विद्यार्थी ।

05/09/2026
दुहबी खानेपानीको सार्वजनिक सूचना ।

दुहबी खानेपानीको सार्वजनिक सूचना ।

05/07/2026
बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

बर्दियाका सुकुमवासी र अव्यवस्थित बसोबासी सरकारविरुद्ध प्रदर्शनमा

05/04/2026
मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

मन्त्री बन्नुभन्दा दुई दिन अगाडि गुरुङले किनेका थिए भेडेटारमा २० रोपनी जग्गा

04/22/2026
दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

दलहरु संग सधै असन्तुष्टि ब्यक्त गर्ने पूर्वराजा बालेन सरकारप्रति किन नरम ?

04/15/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist