दुहबी/ सुनसरीको दुहबी ३ स्थित कोशी राजमार्गको छेउमा बिगत लामो समयदेखि कवाडी व्यवसायिको काम गर्ने अन्दाजी बर्स ६० को रमेश जैसवाल मृत अवस्थामा फेला परेको दुहबी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुहबी ३ बस्ने जैसवाल कोठामा शुक्रबार बेलुका खानपिन गरी राम्रै संग सुतेपनि शनिबार बिहान मृत अवस्थामा फेला परेकोले शवलाई पोस्टमार्टमको लागि कोशि अंचल अस्पताल बिराटनगर पठाएको जनाउदै सो घटना बिषयमा थप अनुसंधान भईरहेको दुहबी प्रहरीले जनाएको छ।





