दुहबी/ सुनसरी को दुहबी नगरपालिकाले गत साल स्थापना गरेको कोरोना बिरामिका लागि उपचार स्थल आइसोलेशन केन्द्र पुनर्निर्माण गरि सन्चालनको तयारिमा ल्याएको छ। दुहबी ८ मा स्थापित उक्त आइसोलेशन केन्द्रमा १५ बेड क्षेमता को २० थान अक्सिजन सिलिन्डर सहित कोरोना सग लड्न पुर्व तयारी अबस्थामा रहेको नगर पालिका प्रमुख गच्छदारले बताए।
कोरोना सन्क्रमितलाई अस्पताल सम्म पुराउन का लागि एम्बुलेन्स सेवा समेत ब्यावस्था गरिएको बताउदै गच्छदारले हाल सम्म दुहबी नगरपालिकामा कोरोना संक्रमण देखिएका बिरामिको सम्पर्कमा आएका साथै कोरोना संक्रमण को सन्केत देखिएका नागरिक लाई कन्ट्राक्ट ट्रेसिङ्ग चेक को लागि तत्काल नगरपालिकाको स्वास्थ साखामा सम्पर्क गरि सिफारिस लिएर कोशी अस्पतालमा जान आग्रह समेत गरेका छन।
कन्ट्राक्ट ट्रेसिङ का लागि सिफारिस लिएर गएका ब्यक्तिको कोशी अस्पताल बिराटनगरले निशुल्क कोरोना टेस्ट गरिदिने बताउदै गच्छदारले पछिल्लो समय जिल्ला प्रशशन कार्यलय ले जारी गरेको निशेधाज्ञा को उल्लंघन नगरी स्वास्थ्य मापदण्ड अपनाउन सम्पुर्ण नगरबासी लाई अपिल गरेका छन।
नया भेरियन्टको कोरोना अति खत्रा रहेको हुदा कसैको एकल पहलले मात्रै नियन्त्रण गर्न नसकिने जनाउदै गच्छदारले सब नागरिकले आ आफ्नो ठाउँ बाट सहयोग गर्न अनुरोध गरेका छन। सन्क्रमितको लागि नगरपालिकाले आफ्नो बुताले भ्याएसम्म नागरिकको जीवन रक्षाका लागि पछि नहट्ने भन्दै गच्छदारले आइसोलेशन क्षेत्र भित्र निर्माणाधिन नगर अस्पताल को काम तिब्र गतिमा बढेको साथै विशेषज्ञ डाक्टर हरुको बिग्यापन समेत निकालिसकेको ,स्वचालित अग्सिजन मेशिन ,भिडियो एक्स रे मेसिन समेत खरिद प्रकृयामा रहेको बताएका छन।
गतसाल तयार गरेको आइसोलेशन केन्द्र कोरोना नियन्त्रण हुँदै गएपछी बन्द रहेको भएपनी अहिले पुन कोरोना फैलिदै गएको हुदा त्यसैलाइ सखारेर सबै आबस्यकिय सामान ब्यावस्था गरि सकेको केही सामान तत्कालै ब्यावस्था गर्न स्वास्थ्य शाखालाइ निर्देशन दिई सकेको गच्छदारले बताए।





