दुहबी/सुनसरीको दुहबी नगरपालिका ८ फुटानी चोक स्थितमा रहेको पशुपती सिलप्याक फ्याक्ट्रीका मजदुर भारत बिहार सम्सतिपुरका १९ बर्षीय रुपेश कुमारको लिफ्टमा चेपिएर मृत्यु भएको छ ।
सोही फ्याक्ट्रीमा दुई तला माथि सामान लैजाने क्रममा लिफ्टमा अचानक टाउको चेपिएर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहबीले जनाएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको सो कार्यालयले जनाएको छ ।





