दुहबी/ सुनसरीको दुहबी नगरपालिकाले नगरभरिका १२ वटै वडाका घट्ना दर्ता छुटेका नागरिकको लागि निशुल्क शिबिर सन्चालन गरेको छ। आज दुहबी वडा नम्बर ७ को भलुवा स्वास्थ चौकी बाट शुरु भएको उक्त शिबिरको उद्घाटन गर्दै दुहबी नगरपालिका प्रमुख बेद गच्छदारले विभिन्न कारणले ब्यक्तिगत घट्ना दर्ता गर्न छुटेका आफ्ना सबै वडाका नागरिकको हितकालागि घरदैलो अभियान स्वरुप प्रत्येक वडामा ३ स्थानमा र प्रत्येक स्थानमा ५ दिन सम्म शिबिर सन्चालमा ल्याएको बताए।
भुगोल र जनसंख्या को आधारमा वडा नम्बर १२ ठूलो रहेको हुदा त्याहा ४ स्थानमा २० दिन सम्म हुने र बाकी वडामा १५ दिन सम्म लगातार सेवा प्रवाह गरिने हुदा अनिवार्य उक्त स्थानमा गै सेवा लिन सबै सग आग्रह गर्दै गच्छदारले कम्युटर अनलाइन सिस्टम बाट भरिने जन्मदर्ता ,बिबाह दर्ता, मृत्यु दर्ता,सम्बन्ध बिच्छेद, जेष्ठ नागरिक, लोपोन्मुख जाती,एकल महिला ,अपाङ्ग/अशक्त नागरिक ,बसाइँसराइ जस्ता अति महत्त्वपूर्ण कागजातको रेकर्ड देशैभरी जहासुकै बाट सेवा लिन सकिने साथै रास्टृय परिचयपत्र बनाउन समेत सहज हुने हुदा नागरिकले बिगतमा जस्तो कठिनाइ बेहोर्न नपर्ने बताए।
यस्ता घट्ना दर्ताले सामाजिक सुरक्षा भत्ता लिन समेत सहज हुने हुदा आफ्नो पायक पर्ने स्थानमा गएर सेवा लिन सबैलाइ आव्हान गर्दै गच्छदारले आजदेखी शुरु भएको उक्त शिबिर जेष्ठ २८ सम्म रहने जानकारी समेत दिए। यसबारे थप बुझ्न परे नगरपालिका पन्जिकरण बिभाग को टोल फ्री नम्बर १६६००१९६६६६ मा सम्पर्क गर्न सकिने जानकारी दिदै गच्छदार ले नगर का नागरिकलाइ बिगतमा पनि विभिन्न शिबिर हरु राख्दै स्वास्थ्य जाच ,अपाङ्ग परिचय पत्र,जेष्ठ नागरिक कार्ड ,आँखा शिबिर लगायत सन्चालन गरि नागरिक हितका लागि काम गरेको बताए।
गच्छदारले शिबिरबाट आज पहिलो जन्मदर्ता को सेवालिने वडा नम्बर ७ कि सुनिता कुमारी ऋषिदेव लाई प्रमाण पत्र हस्तान्तरण गरेका थिए।





