• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

आरती स्ट्रिप्सका मालिकले मजदुर कुटे, उजुरी परेपछि सुटुक्क भारत लागे

काेचिला खबर by काेचिला खबर
03/23/2021
in स्थानीय
109
SHARES
496
VIEWS
Share on FacebookShare on Twitter

 

विराटनगर / मोरङको बूढीगङ्गा गाउँपालिकामा रहेको आरती स्ट्रिप्सका सञ्चालकले मजदुरलाई कुटपिट गरेका छन् । भारतीय औद्योगिक घराना भूषण पावर एण्ड स्टिलका माकिल सञ्जय सिङ्घलले मोरङमा आएर मजदुर कुटपिट गरेका हुन्

भूषण पावरले मोरङको बूढीगङ्गा गाउँपालिकालमा आरती स्ट्रिप्स इन्ड्रस्टिज सञ्चालन गरिरहेको छ । केही दिनअघि उद्योगमा आएका सिङ्घलले कारखानामा कार्यरत भारतीय मजदुर नगेन्द्रकुमार गुप्तामाथि कुटपिट गरेका हुन् । भारत छाड्ने अनुमति नपाएका सिङ्घलले आइतबार दिउँसो गुप्तामाथि कुटपिट गरेका हुन् । गुप्ता आरती स्ट्रिप्सका टेक्निकल प्रमुख हुन् ।

भारतको मोतिहारी घर भएका उनी सन् २००९ देखि आरतीमा कार्यरत छन् । ‘ममाथि बिनाकारण एक्कासी कुटपिट भयो,’ उनले भने, ‘यत्रो वर्ष आफ्नै घर सम्झिएर काम गरेँ, अन्याय भएपछि सहेर बस्न सकिनँ ।’

गुप्ताले आफूमाथि कुटपिट भएपछि सिङ्घलविरुद्ध जिल्ला प्रहरी कार्यालय मोरङमा जाहेरी दिएका छन् । उनले श्रम कार्यालय विराटनगरमा पनि उजुरी दिएका छन् ।

कुटपिटमा संलग्न सिङ्घल भने सोमबार बिहान भारत प्रवेश गरेका छन् । सिङ्घललाई भारतीय प्रशासनले देश नछाड्ने आदेश दिएको थियो । ‘मनी लाउन्ड्री’ मुद्दा परेका कारण देश नछाड्न भनेको छ । तर उनी जोगवनी हुँदै विराटनगर आएका थिए । प्रहरीमा उजुरी परेपछि निजी गाडी छाडेर उनी भारत प्रवेश गरेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले अभद्र व्यवहार भएको भन्दै सिङ्घलविरुद्ध जाहेरी परेको बताए । प्रहरीले घटनाको विषयमा अनुसन्धान गरिरहेको उनले बताए । कोशि अनलाईन बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

दुहबी सोलार आयोजनाको सार्वजनिक सूचना

11/27/2025
दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

दुहबीमा लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान शुरु ; नगर प्रमुख गच्छ्दार द्वारा उद्घाटन

11/25/2025
संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

संसद पुनस्र्थापनाको माग राख्दै दुहबीमा एमालेको मोटरसाइकल र्‍याली

11/11/2025
दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

दुहबीका दुई छाला उद्योगमा स्थानीयले गरे अनिश्चिति काल तालाबन्दी ।

11/11/2025
मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

मेयर गच्छ्दार र भारतिय राजादुतावास बिच १८ करोडको त्रीपक्षिय लगानी सझौतामा हस्तान्तरण

11/10/2025
बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

बर्जुबाट २५७ किलो गाँजा सहित स्कार्पियो प्रहरीको नियन्त्रणमा

11/08/2025

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist