दुहबी/सुनसरी को दुहबी नगरपालिका का नगर प्रमुख बेद नारायण गच्छदार सम्मानित भएका छन। उद्योग सङ्गठन मोरङ्ग को ४८ औ बार्सिक साधारण सभाको समुदघाटन कार्यक्रममा गच्छदार सम्मानित भएका हुन। उद्योग सङ्गठन मोरङ्ग को सभा हलमा सन्चालन उक्त कार्यक्रमका अध्यक्ष भिम घिमिरे, प्रमुख अतिथि नेपाल रास्ट्र बैंक का गभर्नर माहाप्रसाद अधिकारी र बिशिस्ट अतिथी प्रधानमन्त्री का आर्थिक सल्लाहकार मोतिलाल दुगडले संयुक्त रुपमा गच्छदार लाई माला,खादा पहिराउदै प्रमाणपत्र सहित सम्मान गरेका थिए। उद्योग सङ्गठन लगायत निजि क्षेत्रका उद्योगि हरुलाइ सुझ बुझका धेरै नै साथ सहयोग गरे बापत गच्छदारलाई सम्मान गरिएको थियो।
सम्मान कार्यक्रममा विभिन्न बिधामा महत्वोपुर्ण योगदान पुराउने ब्याक्तित्व हरु बिराटनगर माहानगरपालिका प्रमुख भिम पराजुली,पत्रकार मीन कुमार नबोदित श्रेष्ठ, डा ग्यानेन्द्र बहादुर कार्की,नेपाल ट्रेड युनियन काङ्ग्रेस का १ नम्बर प्रदेश अध्यक्ष नारायण बाबू कार्की लगायत युवा ब्यावसायी,महिला ब्यावसायी सहित २ दर्जन बढी लाई सम्मान गरिएको थियो।
उद्योग सङ्गठन मोरङ्ग का अध्यक्ष भिम घिमिरेले रा बा बैंक ले ल्याएको मौद्रिक नीति स्वागत योग्य भएपनी कार्वन्वयन पक्ष फितलो भएको गुनासो सुनाए। आगामी उद्योग सङ्गठन मोरङ को अध्यक्ष मा शुरेस प्याकुरेल लाई आफ्नो समर्थन रहेको घिमिरे ले घोषणा गरे।





