अर्जुन खड्का/कोचिला खबर
सुनसरी को दुहबी नगरपालिका मा १११ औ अन्तरास्ट्रिय नारी दिवस मनाइएको छ।दुहबी नगर पालिकाको आर्थिक सहयोग मा सन्चालित उक्त कार्यक्रम को आयोजना बाताबरण संरक्षण तथा दक्ष जनशक्ति बिकास केन्द्रले गरेको थियो। प्रमुख अतिथि नगर प्रमुख बेद नारायण गच्छदार को प्रमुख आतिथ्य र उप प्रमुख सुनिता दाहाल साह को विशिष्ट आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा नगर भरिका सयौ महिला हरुको उपस्थित रहेको थियो।
कार्यक्रम मा बोल्दै प्रमुख अतिथी बेद नारायण गच्छदार ले सन १९११ अमेरिका बाट श्रमिक महिला हरुको हक ,हित,अधिकार र सुरक्षा का लागि लडाइ माथिको बिजय स्वरुप यो दिवस मनाइन लागिएको गच्छदार ले बताए
सन १८५७मा भारत राज्यको तत्कालिन मुगल राजा बाहादुर साह जफत को नेतृत्वमा झाँसी राज्यकी कि माहारानी लक्ष्मी भाइ को नेतृत्व मा भारत स्वतन्त्रता को लाडाइ छेडेको इतिहास केलाउदै नेपालमा पनि २००७ साल देखि राना विरुद्ध आन्दोलन मा महिला हरुको सहभागी को स्मरण
गराए। गच्छदारले बिस्वस साहसिक महिला हरुको सुचिमा नाम दर्ज गराउन सफल १५ बर्सिय मुस्कान खातुनले आफू एसिड पीडित हुदा समेत प्रधानमन्त्री लगाएत सग भेट्न माग राख्दै एसिड पिडकको लागि स्वर्वस्व सहितको २० बर्स बैद कानुन ल्याउन सफल भएको मा प्रशंसा गर्दै अब नेओआल को महिला हरु ले रास्ट्रिय महिला आयोग लगायत सम्बैधानिक आयोगमा कार्यरत महिला हरु को सहयोगमा आफ्ना आवाज बुलन्द गर्दै अधिकार सुरक्षित गर्नु पर्ने मा जोडदिए । कार्यक्रम मा बोल्दै उप प्रमुख सुनिता दाहाल साहले महिला अब कमोज छैन,पुरुष सरह हरेक क्षेत्रमा अगाडि छन त्यसैले महिला गृहणी लगायत श्रमिक हरुलाइ उचित सम्मान गर्नु पर्ने मा जोड दिइन।
त्यसैगरी ८५ औ परम त्रीमुर्ती शिव परमात्मा जन्म जयन्तीपनि दुहबी मै मनाइएको थियो।प्रमुख अतिथी बेद गच्छदार ले उक्त कार्यक्रम मा यो ॐ शान्ती मा लाग्ने अधिकाश थारु महिला हरु खासगरी अन्य जाती भन्दा पुरुष बाट पिडित भएकै कारण ॐ शान्ती मा आवद्ध भएको खुलासा गरे।पुरुष रक्सी खाएर आउने,महिलाले जोगाइ राखेको २÷४ पैसा लैजाने,गलत दुरुपयोग गर्ने भएको हुदामहिला हरु ॐ शान्तिमा आएर केही क्षेण आरोग्य प्राप्ती गर्ने भएको हुदा आकार्स्ण बढेको बताए। गच्छदार ले रङ्गिन लुगा लगाउने हिरो हिरोइन वा अन्य कुनै कलाकार भएको चिनिन्छ भने सेतो बस्त्र लगाउने हरु देख्दा भलादमी, धर्मात्मा ,गुरु वा शान्तिको प्रतीक भएको छर्लङ्गै देखिने बताए। गच्छदार ले पानसमा बत्ती बालेर कार्यक्रम को उद्घाटन गरेका थिए।कार्यक्रममा बोध कुमारिदिदी,शान्ती दिदी हरुले आ आफ्ना मनतब्य राखेका थिए।





