सुनसरी/नेपालको बर्तमान परिस्थितिमा तठस्त भइ सत्य तथ्य र निस्पक्षरुपमा कलम चलाउनेमा सुनसरीका स्वतन्त्र पत्रकारहरु एकमत भएका छन। शनिवार सुनसरीको इटहरीमा स्वतन्त्र पत्रकार महासंघ नेपाल सुनसरीको बैठकमा सुनसरीका स्वतन्त्र पत्रकारहरु एकमत भएका हुन।
संसद विघटन भएपछि देशमा राजनीतिको चलखेल बढिरहेको बेला सत्य तथ्य निस्पक्ष समाचार जन्ता माझ सम्प्रेषण नभई केही राजनीति दलसंग आबद्ध पत्रकारहरुले आ-आफ्नो दल गुटको प्रचार गर्ने हिसाबले समाचार सम्प्रेषण भएको जनगुनासो बढिरहेको अवस्थामा स्वतन्त्र पत्रकार महासंघ नेपालको गम्भीर ध्यानाकर्षण भएको स्वतन्त्र पत्रकार हरुको ठहर छ।
पत्रकार स्वतन्त्र भए मात्र, पत्रकारिता आवाज विहिनहरूको आवाज बन्ने स्वतन्त्र पत्रकारहरूको भेलाले निस्कर्ष निकालेको छ ।
स्वतन्त्र पत्रकार महासंघ सुनसरीले शनिवार इटहरीमा आयोजना गरेको भेलाले राजनीतिक दलमा आवद्ध पत्रकारबाट स्वतन्त्र र निश्पक्ष पत्रकारिता हुन नसक्ने ठहर गरेको छ । सबै क्षेत्र राजनीतिकरणले आक्रान्त भएको अबस्थामा पत्रकार स्वतन्त्र हुन सकेमात्र अन्य क्षेत्रमा बढ्दै गएको राजनीतिकरणलाई न्यूनिकरण गर्न सकिने भेलाको निचोड छ ।
स्वतन्त्र पत्रकार महासंघले संख्या बृद्धिमा भन्दा गुणात्मक बृद्धिमा ध्यान दिनुपर्नेमा भेलाका सहभागीले जोड दिएका
छन् ।
स्वतन्त्र पत्रकार महासंघका संस्थापक अध्यक्ष कृष्ण बास्तोला, पूर्व महासचिव तथा सल्लाहकार नवराज पहाडी, कोषाध्यक्ष शालिग्राम पाण्डे, स्वतन्त्र पत्रकार महासंघ नेपालका केन्द्रिय सदस्य प्रेम गिरि, मोहन ढकाल,स्वतन्त्र पत्रकार महासंघ सुनसरीका अध्यक्ष खगेन्द्र कार्की,उपाध्यक्ष अकवर अलि,सचिब तेज बन लगायतले समसामयिक राजनीतिक अबस्थामा पत्रकारको भूमिकाको विषयमा आफ्नो धारणा राखेका थिए।





