दुहबी / कोरोना संक्रमणका कारण विराटनगरमा थप एक जनाको मृत्यु भएको छ ।
शनिबार विहान नोबेल मेडिकल कलेज विराटनगरमा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
कलेजका प्रबन्धक नारायण दाहालका अनुसार सुनसरी गढी गाउँपालिका– ९ घर भएका ३८ वर्षीय पुरुषको मृत्यु भएको हो ।
सुनसरीका ३८ वर्षीय युवकको शनिबार बिहान करिब ४ बजे मृत्यु भएको हो ।
मृतक युवक ४ कात्तिकमा नोबेलमा भर्ना भएका थिए । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । मादक पदार्थ सेवन अत्याधिक गर्ने पुरुषमा निमोनियाको समस्या पनि थियो ।
उपचारकमा क्रममा शनिबार बिहान मृत्यु भएको दाहालले जानकारी दिएका छन भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट पुष्टि हुन बाकी रहेको छ ।