सुनसरीको दुहबीमा कोरोना रोकथामकालागी सेभ द अर्थ किताब परियोजना अन्तरगत दुहबीका १५ वटा विद्यालयलाई फगिङ मेसिन र १८ वटा विद्यालयका छात्रा विद्यार्थीहरुलाई पुग्नेगरि सेनेटरि प्याड प्रदान गरिएको छ।
आज एक कार्यक्रमकाबिच दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले दुहबीका १५ वटा माबी र आधारभुत बिद्यालयलाई फगिङ मेसिन र १८ वटा विद्यालयलाई सेनेटरि प्याड बितरण गर्नुहुँदै बिद्यार्थी भबिस्यको कर्णधार भएकोले विद्यार्थी र शिक्षकलाई कोरोना माहामारिबाट जोगाउन र शिक्षामा आधुनिकिकरण गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनु भयो। मेयर गच्छदारले ति विद्यालयका प्रतिनिधिहरुलाई कोरोना भाइरसको माहामारीबाट जोगाउन कोरोना निर्मुलीकरणकालागि विद्यालयमा फगिङ मेसिनबाट २ पटक सेनेट्राइज गर्ने ब्यबस्था मिलाउन र स्वास्थ्यको मापदण्ड अनुसार गर्नुपर्नेमा जोड दिनु हुँदै दुहबीमा बाकी रहेका १७ वटा विद्यालयलाइपनि एक हप्ता भित्र फगिङ मेसिन प्रदान गर्ने बताउनु भयो।






