• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

अनुगमन टोली पुग्दा फार्मेसी सञ्चालक फरार

काेचिला खबर by काेचिला खबर
09/29/2020
in FEATURE, स्थानीय
159
SHARES
721
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । विराटनगर–४ नोबेल मेडिकल कलेज अगाडि रहेका १८ वटा फार्मेसीका सञ्चालक अनुगमन टोली पुग्दा आइतबार पसल बन्द गरेर फरार भए । औषधी व्यवस्था विभाग विराटनगर शाखा कार्यालयको नेतृत्वमा निस्किएको टोली आउने बुझेपछि सञ्चालकहरु फरार भएका हुन् ।

औषधी पसलहरूमा मनोमानी र बिकृति बढेको जनगुनासो आएपछि औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संजिव शर्मा कट्टेलको नेतृत्वमा फार्मेसीको अनुगमन भइहरको छ । आइतबार टोलीले विराटनगर अस्पताल (विराट नर्सिङ्ग होम) भित्रको फार्मेशीसहितको आधा दर्जन औषधी पसल अनुगमन गरेपछि नोबेल पुगेको थियो । अनुगमन टोली आएको पत्तो पाएलगतै फार्मेशी सञ्चालकहश्र फरार भएका हुन् ।

अनुगमन टोली आएको जानकारी पाएपछि शिव पावर्ती फार्मेशी, कोहिना मेडिकल हल, धनुषा फार्मेशी, बुढासुब्बा फार्मेशी, कास्मि फार्मेशी, सिद्धार्थ फार्मेशी, सुजता फार्मेशी, चाहना फार्मेशी, सहलेश मेडिकल हल छन् । यस्तै समर फार्मेशी, किर्पा फार्मेशी, जोया फार्मेशी, शान्ता फार्मेशी, परिचय फार्मेशी, जनता मेडिको, जस्मित फार्मेशी, सिरहालि फार्मेशी र हरीहोम मेडिकल हल अनुगमन टोली आएको देखेपछि फरार भएको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले जानकारी दिनुभयो ।

‘अनुगमन टोली आएको देखेपछि सटर बन्द गरि सञ्चालक फरार भए,’ फार्मेशी निरीक्षक खड्काले भन्नुभयो, ‘बन्द गरेको फार्मेशीलाई एक साताभित्रमा औषधी व्यवस्था विभागको शाखा कार्यालयमा उपस्थित हुन पत्र काट्ने छौं । उपस्थित नहुने फार्मेशीलाई कारवाहीको दायरामा ल्याउछौं ।’

औषधी विक्री गर्न पसलमा अनिवार्य ‘फार्माशिष्ट’ पढेको व्यक्ति हुनुपर्दछ । तर, नोबेल अगाडिका अधिकांश व्यवसायीहरूले फर्माशिष्ट नराखी औषधीको बिक्री वितरण गर्ने तथा औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विक्री गर्ने गरेकोले सञ्चालक फरार भएको स्रोतले बताएको छ । ‘फार्मेशी क्षेत्रमा बिकृति बढेको जनगुनासो आएपछि अनुगमनमा हिडेका थियौं,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले भन्नुभयो, ‘नोबेल अगाडिका अधिकाशं फार्मेशीहरू बन्द गरेर फरार भएकोले उनीहरुले कुनै न कुनै कमजोरी गरेका स्पष्ट भएको छ । सबैलाई पत्र काटेर कार्यालयमा अनिवार्य उपस्थित गराउँछौं ।’

नोबेललाई आफ्नै फार्मेशी राख्न निर्देशन
अस्पताल फार्मेशी निर्देशिका अनुसार अस्पताल आफैले औषधी पसल सञ्चालन गरिनुपर्ने मापदण्ड छ । तर, विराटनगरस्थित नोबेल मेडिकल अस्पतालले महङ्गो भाडा लिएर दुई वटा फार्मेशी सञ्चालन गर्न दिएको छ । सुस्वास्थ्य फार्मेशी र मेडिकियन फार्मेशी सञ्चाल निर्देशिका विपरित भएको भन्दै विभागले नोबेललाई आफ्नै फार्मेशी सञ्चालन गर्न निर्देशन दिएको हो ।

‘अस्पताल निर्देशिका अनुसार आफ्नै फार्मेशी हुनुपर्दछ,’ औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख कट्टेलले भन्नुभयो, ‘६ महिनाभित्रमा अस्पताललाई आफैं फार्मेशी सञ्चालन गर्न निर्देशन दिएका छौं ।’

दुई वटा फार्मेशी बन्द
अनुगमन टोलीले विराट नर्सिङ्ग होमका दुई वटा फार्मेशी बन्द गराएको छ । मापदण्ड अनुसार सञ्चालन नगरेको दुई वटा फार्मेशी आइतबार बन्द गरिएको हो । समर फार्मेशी र सिंहदेवी फार्मेशी बन्द गरिएको विभागका फार्मेशी निरीक्षक खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार समर फार्मेशीमा फर्मालिष्ट पढेका व्यक्ति नराखी औषधी बिक्री वितरण गरेको पाइएपछि बन्द गरिएको हो । सिंहदेवी फार्मेशी मापदण्ड अनुसार सञ्चालन नभएको पाइएपछि बन्द गरिएको छ ।

तर, औषधी व्यवस्था विभागले फार्मेशी बन्द गरेर गएको दुई घण्टा बित्न नपाउँदै व्यवसायीले पुनः पसल खोलेको पाइएको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist