दुहबीमा १७ जनाको पिसिआर रिपोर्ट पोजेटिभ भएको पुष्टि भएको छ। असोज २ गते ८३ जनाको स्वाब संकलन गरिएको मध्ये ४९ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने १७ जनाको रिपोर्ट आउन बाकी छ! संक्रमित दुहबी ४ का ७ जना मध्ये २ महिला ५ पुरुष,दुहबी ३ का २ महिला ३ पुरुष, दुहबी ५ का ३ पुरुष रहेका छन् भने दुहबी ६ र दुहबी ८ का २ महिला रहेकि छिन् । दुहबीमा कोरोना संक्रमित २३२ मध्ये १ सय २ जना निको भै सकेको दुहबी स्वास्थ्य शाखाकि फोकल पर्सन पिंकी भगतले बताइन। यी वडाहरु दुहबी बजार क्षेत्रमा अत्याधिक भिडभाड हुने गरेको र खुल्ल्म खुल्ला हटिया लाग्ने गरेको छ!





