सुनसरीको दुहबीमा थप ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ। उनिहरु दुहबी ८ का ३ महिला ३५,५२ र ५८ बर्षकि रहेकी छिन भने दुहबी ८ का एक पुरुष ३५ बर्षका संक्रमित रहेका छन्। यसैगरी दुहबी ६ का २ महिला ५५ र ६५ बर्षकि रहेकी छिन भने दुहबी ६ का ६० बर्षका रहेका छन्ए। यसैगरी दुहबी ४ कि एक महिला ४७ बर्षकि संक्रमित भएको दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ। अब दुहबीमा जम्मा १ सय ७९ कोरोना संक्रमित मध्ये ५२ जना निको भएका छन भने २ जनाको पिसिआर रिपोर्ट आउन बाकि छ।





