सुनसरीको दुहबीमा आज बिहानै ९ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको दुहबी स्वास्थ्य शाखाले पुस्टि गरेको छ।
उनिहरु दुहबी ५ कि १ महिला २८ बर्षकि र २ जना पुरुषहरु ३३ र ४२ बर्षका रहेका छन् । यसैगरी दुहबी ५ स्थित नेपाल बैंक लि.बाट कन्ट्याक्ट् ट्रेसीङको आधारमा बैंकका कर्मचारीका २ जना आफन्त बर्ष २९ र ३१ कि २ महिला संक्रमित रहेकी छिन। दुहबी ६ का २ जना पुरुषहरु २० र ४२ बर्षका रहेका छन्। यसैगरी दुहबी ८ कि २७ बर्षकि एक महिलामा संक्रमण देखिएको छ। यसैगरी दुहबी १२ का ४३ बर्षका एक पुरुषमा समेत संक्रमण देखिएको छ। दुहबीमा जम्मा संक्रमित १५१ मध्ये २४ जना निको भएका छन् । अब ९ जनाको पिसिआर रिपोर्ट आउन बाकी छ।





