दुहबी युवा समाजको आयोजनामा आज विपन्न परिवारलाई लक्षित गरेर राहत मुलक अभियान सुरु गरिएको छ।
फुड बैंकको अवधारणा अनुरूप दुहबीका केही युवाहरुद्वारा सञ्चालित युबा फुड बैंक अभियानमा लामो समयको निषेधाज्ञाले छाक टार्न समस्या परेकाहरुलाई खाद्य संकट हुनसक्ने भन्दै यस्तो अभियान चलाइएको युवा फुड बैंकका अभियन्ता सरोज कुमार सिंहले जनाए । आज दुहबी वडा नम्बर ६ का १ सय १ जना बिपन्न परिवारका सदस्यलाई दुइ केजि चामल,दाल,तेल,भुजा,नुन वितरण गरिएको अभियन्ता सिंहले जनाए। युवाहरूको अगुवाइमा आजबाट सुरु भएको अभियानलाई निरन्तरता दिइने जनाइएको छ । उता दुहबीका केही युबाहरुले सुरु गरेको दुहबी फुड बैंकलाई आज सातौ दिन पनि निरन्तरता दिइएको छ । उनिहरुले आज २ सय १ जनालाई एक केजि चामल,दाल,तेल,नुन वितरण गरेको एक युबाले बताए।







