भदौं १८ गते बिहिबारबाट सुरक्षाका विधि अपनाएर बिहान ११ बजेसम्म सुनसरी जिल्लाका बजारहरु खुल्ला गरिने भएको
छ । आज जिल्ला प्रशासन कार्यालय सुनसरीमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैंठकमा सहभागी जिल्लाभरीका उद्योग वाणिज्य संघका पदाधिकारीहरु र व्यपारीहरुले चाडपर्व नजिकिएसंगै व्यवसाय सुचारू गर्न पाउनुपर्ने माग राखेका थिए ।
ब्यवसायीहरूको मागलाई मध्यनजर गर्दै जिल्ला प्रशासनको कार्यालय सुनसरीले आगामी भदौ १८ गते देखि जिल्लाभरी रहेका ब्यापार व्यवसायहरू सञ्चालन गर्ने तयारी थालेको हो । आवश्यकीय सुरक्षा सतर्कता अपनाइ सचेतना जगाउदै भिडभाड नहुने गरी बिहान ११ बजे सम्म पसलहरू खोल्ने तयारी भइरहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी फडिन्द्रमणी पोख्रेलले जानकारी दिएका छन् । प्रदेशपोर्टलबाट साभार





