सुनसरीको दुहबीमा आज ७ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ। दुहबी वडा नम्बर ३ मा ४ जना कोरोना संक्रमित भएको पुष्टि भएको छ। उनिहरु २२ बर्षकि एक महिला २४,५० र ६० बर्षका ३ पुरुषहरु रहेका छन्। यसैगरी दुहबी ४ का ३० बर्षका एक पुरुषमा संक्रमण देखिएको छ। यसैगरी दुहबी ६ कि २६ बर्षकि एक महिला स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ। यसैगरी दुहबी १२ का ४९ बर्षका एक पुरुषमा संक्रमण भएको दुहबी स्वास्थ्य शाखाकी फोकल पर्सन पिंकी भगतले पुष्टि गरेकी छिन। दुहबीमा जम्मा १३९ जना संक्रमित मध्ये २० जना निको भइसकेका छन् भने ७ जनाको पिसिआर रिपोर्ट आउन बाकि रहेको छ।





