कोरोना भाइरसका कारण भएको लामो समयको निषेधित क्षेत्रका कारण उत्पन्न भएको आर्थिक संकटले असंगठित मजदुर र दैनिक ज्यालादारी गर्नेहरु लगायतहरुलाइ सारै मार्का परेकोले सरोकारवालाहरुले सो तर्फ ध्यान दिन जरुरी छ। न्यून आय भएका परिवारलाई जीवन जिउन नै निकै कठिन भैरहेको छ । लामो समयको लकडाउनले गर्दा विशेषगरी दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग निकै मारमा परेका छन् । आज तेस्रो दिन पनि दुहवीमा फुड बैंक सुचारु भएको छ।
आज दुहबी स्थित एनआईसि एसिया बैंक अगाडी दुहबीका युवाहरूले विपन्न परिवारलाई लक्षित गरेर राहत मुलक अभियानलाइ निरन्तरता दिएका छन ।
अभियानताका अनुसार पहिलो दिन ५५ जनाले, दोस्रो दिन ७५ जनाले र आज तेस्रो दिन १ सय ३ जनाले विभिन्न दाताले दिएको खाद्यान्न सामग्रीे लिएर गएका छन् ।
युवाहरूको अगुवाइमा विहिबारबाट सुरु भएको अभियानलाई निषेधाज्ञा/लकडाउन अवधिभर हरेक दिन दुहवीका विभिन्न स्थानहरुमा यो अभियानलाई संचालन गरिने जनाइएको छ । असंगठित मजदुर तथा बिपन्न परिवारलाई दैनिक एक केजि चामल, दाल, तेल, स्वाबिन, नुन सहित खाधान्न र मास्क वितरण गरिने अभियानताहरु बताउँछन् ।





