सुनसरीमा आज थप २१ थुनुवा सहित ३१ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरी जिल्ला प्रहरी कार्यालय अन्र्तगतका विभिन्न स्थानको प्रहरी कार्यालयहरुमा रहेका २१ थुनुवा सहित ३१ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका संगै सुनसरीमा कोरोना संक्रमितको संख्या ४ सय ८५ पुगेको छ ।
स्वास्थ्य कार्यालय सुनसरीका कोभिड १९ फोकल पर्सन तथा पब्लिक हेल्थ नर्स सिर्जना लिङ्थेपका अनुसार संक्रमित थुनुवाहरु कोशी गाउपालिकाका ५, देवानगञ्ज गाउपालिकाका ३, गढी गाउँपालिकाका १, इटहरी उपमहानगरका २, भोक्राहाका ६, इनरुवाका १ र बराहक्षेत्र नगरपालिकाका ३ गरी २१ जना रहेका छन् । यसैगरी इनरुवा नगरपालिका ३ जना, इटहरीका ५ जना र धरान उपमहानगरपालिकाका ३ जना गरी आज मात्रै सुनसरीमा ३१ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य कार्यालयका अनुसार २ सय ६ जना निको भएर घर फर्किएका छन् भने २ सय ७९ जना कोरोना संक्रमित आइसोलेसनमा रहेका छन् ।





