सुनसरीको दुहबीमा आज ३ जना पिसिआर पोजेटिभ थपिएका छन्। उनिहरु दुहबी ६ का ७ बर्षका बालक र दुहबी १२ का ४५ बर्षका पुरुष र दुहबी ६ मा रहेको पसु सेवा केन्द्रका २३ बर्ष पुरुष रहेका छन् । दुहबीमा जम्मा कोरोना संक्रमित ७६ पुगेको छ भने १६ जना निको भएका छन् । आज दुहबीमा १०१ जनाको स्वाब संकलन भएको छ । दुहबीमा अब १०९ जनाको पिसिआरको रिपोर्ट आउन बाकी छ ।





