सुनसरीको दुहबीमा आज २ सशस्त्र प्रहरी सहित ११ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको छ । उनिहरु मध्ये २ जना सशस्त्र प्रहरी रहेका छन् भने दुहबी वडा नम्बर ६ का ८ जना र दुहबी १२ का एक जना रहेका छन् । दुहबी ६ का ३ जना महिलाहरु बर्ष २६,५० र ५६ बर्षका र ५ जना पुरुषहरु बर्ष १८,२६,२६,३१,र ३२ का रहेका छन् भने दुहबी वडा नम्बर १२ का एक जना ५२ बर्षका पुरुष रहेका छ्न। शनिबार स्वाब लिएका १२१ जना मध्ये अब ५ जनाको रिपोर्ट आउन बाकी छ । मंगलबार १०३ जनाको स्वाब लिएका मध्ये १०३ जनाको पिसिआर रिपोर्ट समेत आउन बाकी छ । यस सगै दुहबीमा ४८ जना कोरोना संक्रमित मध्ये ३ जना निको भएको दुहबी स्वास्थ्य शाखाले जानकारी दिएको छ।





