बिराटनगर महानगरपालिकास्तरीय कोभिड–१९ क्राईसिस मेनेजमेन्ट समितिको शुक्रबार बसेको बैठकले अत्यावश्यक बाहेकका सबै सेवाहरु साउन ३० गते देखि भदौ ५ गते राती १२ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको छ । यसअघि साउन ३० गते सम्मकालागि लकडाउन गरिएको थियो। विराटनगरमा बिहीबार ६० जना थपिएसँगै संक्रमितको संख्या ४ सय १४ पुगेको छ । विराटनगरमा कोरोना संक्रमण बढेको कारण लकडाउन बढाइएको मेयर भिम पराजुलीले जानकारी दिए ।





