दुहबीमा आज एकैदिन ३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । दुहबी स्वास्थय शाखाका अनुसार विभिन्न वडाका ३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।‘२४ गते गरिएको परीक्षणमा दुहबी ८ स्थित पशुपति आइरन उद्योगका ३ जना मजदुरहरुमा पोजेटिभ रिपोर्ट आएको हो,’उनीहरु कति कति वडाका रहेको भन्नेबारे खुल्न बाँकी रहेको दुहबी स्वास्थ्य शाखाका अधिकृत बिन्देस्वर महतो भनाई थियो । यो सँगै दुहबीमा २३ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
दुहबीमा साउन २४ गते उद्योगका मजदुरहरुको २१८ जनाको पिसिआर चेक गरेको मध्ये २०० जनाको रिपोर्ट आउँदा १९७ नेगेटिभ र ३ जना पोजेटिभ आएका हुन भने १८ जना मजदुरहरुको रिपोर्ट आउन बाकी छ । दुहबीमा २६ गते समुदाय स्तरबाट ८८ जना को स्वाब संकलन गरिएको मध्ये ५३ जनाको नेगेटिभ आएको छ भने २५ जनाको रिपोर्ट आउन बाकी रहेको दुहबी स्वास्थ्य शाखाले जनाएको छ । संक्रमित ३ जना दुहबी ८ स्थित पशुपति आइरन उद्योगमा काम गर्ने मजदुरहरु ५५ बर्षकै ३ पुरुषहरु बिराटनगर वडा नम्बर ६, बुढी गंगा वडा नम्बर २ र ग्रामथान वडा नम्बर ५ का रहेको जनाइएको छ । उनिहरुको दुहबी ८ स्थित पशुपति आइरनमा गत साउन २४ गते स्वाब संकलन गरिएको थियो ।





