१९ साउन, विराटनगर । पछिल्लो २४ घण्टामा थप ४१८ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ७ हजार ६३७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यससँगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ । उनीहरुमध्ये ५७ जनाको मृत्यु भएको छ ।
मोरङका ४६ जनासहित प्रदेश १ मा सोमबार ५७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार मोरङका ४६ मध्ये २२ जना विराटनगर महानगरपालिकाका छन् । जसमा सात जना प्रहरी, तीनजना स्वास्थ्यकर्मी, प्रदेश मुख्य न्यायान्याधिवक्तालगायत छन् । संक्रमितमध्ये ४६ जना मोरङका हुन् । ४६ मध्ये २२ जना विराटनगर, २२ जना रंगेली र २ जना कटहरी गाउँपालिकाका हुन् ।
समुदायमा संक्रमण फैलिएपछि लकडाउन घोषणा गरेको विराटनगरमा ६ र १६ पुरुषमा संक्रमण देखिएको हो ।
संक्रमितमा प्रदेश १ मुख्य न्यायाधिवक्ता पनि छन् । विराटनगरमा भेटिएका संक्रमितमध्ये ७ जना १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत प्रहरी हुन् ।
प्रदेश १ सामाजिक विकास मन्त्रालका अनुसार सोमबार सुनसरीको धरानमा १, इटरीमा ३ र इनरुवामा एक जनामा संक्रमण पुष्टि भएको छ ।
याेसँगै प्रदेश १ मा काेराेना संक्रमितकाे संख्या १ हजार १ सय २८ पुगेकाे छ ।





