• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

सामाजिक लकडाउनको यात्रा

काेचिला खबर by काेचिला खबर
07/11/2020
in FEATURE, जीवनशैली
88
SHARES
400
VIEWS
Share on FacebookShare on Twitter

रुमा रिजाल/इटहरी:
पुस/माघको कठ्यांग्रिदो चिसोमा, त्यो दिन पनि म बिहानै पूर्वपश्चिम राजमार्गमा गाडी पर्खिरहेकी थिएँ। समाचार शाखामा काम गर्ने भएकोले बिहानै रेडियोमा पुग्नै पर्थ्यो। साढे ६ बजे समाचार पढ्न कम्तिमा ६ बजे रेडियो पुग्न ५ बजे नै मैले घरबाट हिडिसक्नु पर्थ्यो।

११ किलोमिटर टाढाको अफिस पुग्न मैले आधा घन्टा जति समय त गाडी कुर्दै सडकमै बिताउँथे। पुस/माघमा बिहानको ५ बजे पनि निकै अध्यारो नै हुन्छ। भर्खरै बिहे गरेकी मलाई घरबाट राजमार्गसम्म पुर्याउन मेरी सासु आउनु भएको थियो।

अरु समयमा व्यस्त रहने इनरुवा इटहरी सडकमा बिहानको समयमा भने सार्वजनिक गाडी निकै कम चल्छन्। अझ त्यो माथि चिसो दिनमा त गाडी मुस्किलले पाउथ्यो। त्यो दिन पनि बाक्लो हुस्सुसँगै सिरेटो चलेको थियो।

रेडियोमा काम गर्नेलाई दुई/चार मिनेटको पनि ढिलो पुग्ने सुविधा हुँदैन। अझ समाचारमा काम गर्नेले त समयमा पुगेर तयारी गरिएन भने बिग्रिहाल्छ। त्यसमाथि नयाँ एफएममा जागिर सुरु गरेकी ढिलो हुँदामा इन्तुनचिन्तु हुन्थे। त्यो दिन पनि गाडी नआएर ढिलो हुन थालेपछि म आत्तिसकेकी थिएँ। मलाई सडकसम्म पुर्याउन आउनु भएकी सासुले ओढेको बर्कोले समेत पनि चिसो रोक्न सकेको थिएन।
कार्यालय पुग्नमलाई सकस भयो। समाचार सुरुमा पढ्नुभन्दा केहीबेर अघि मात्र म कार्यालयमा पुगे। तयारी खासै गर्न नपाए पनि त्यो दिन समाचार पढ्दा ममा निकै आत्मविश्वास पलाएको थियो। तर त्यो दिन कार्यालय समयमै पुगेँ। त्यो घटना नै मेरो पत्रकारिता यात्राको टर्निङ प्वाइन्ट थियो। यो घटनाले मलाई पत्रकारितालाई नै आफनो पेशा बनाउन थप उत्प्रेरित गर्यो।

यति बेलासम्म त रहरको लागि रेडियोमा जोडिएकी थिएँ। तर त्यो दिनदेखि मेरो पत्रकारिता, मेरो पेसन बन्न सुरु भयो। भएको के थियो त त्यो दिनरु म कसरी अफिस पुगेँरु त्यो जान्नु अघि मैले पत्रकारिता सुरु गर्दाका दिन पनि सम्झिन मन लाग्यो।

२०६३ सालमा दोस्रो जनआन्दोलनपछि देशैभरी एफएम रेडियो खोल्ने लहर चलेको थियो। नयाँ/नयाँ खुलेका रेडियोका श्रोता पनि नयाँ नै थिए। भर्खरै १२ कक्षाको परीक्षा दिएर फुर्सदिली भएकी म रेडियो नै सुनेर दिन काट्थेँ। रेडियोमा धारा प्रवाहका साथ बोलेको सुनेर दंग पर्थेँ। अनि उनीहरुको जस्तै नक्कल गर्न खोज्थेँ।

म पनि यसरी नै बोल्न पाए भन्ने लाग्थ्यो। साँच्चै भन्दा रेडियोमा बोल्न रहर पलाईसकेको थियो। तर गरिबीका कारण मामाघरमा हुर्किएकी मैले, रेडियोमा बोल्ने सपना आकाशकै फलझै थियो। म ५ वर्षकी हुँदादेखि नै आमाबुबाबाट टाढिएर मामला मै हुर्किएँ।
खोटाङको कानेपाखो नामैले काफी छ। काने झार पलाउने पाखो जहाँ अझै पनि उब्जाएर खानु भनेको ढुंगा फोरेर पिपल उम्रिनु सरह छ। ५ जना छोराछोरीलाई राम्रोसँग खुवाउन समेत समस्या परेपछि मलाई मामाघरमा पठाइयो। मामाले २०५५ सालमा सुनसरीको झुम्कामा बसाइ सरेपछि म पनिसँगै आए।

त्यति बेलादेखि नै बुवाआमाबाट टाढिए। दिदि, दाजुभाइ सबै बिराना भए। नजिक भए त झुम्कका अनु, मुना र अन्जना। यी तीन जना साथी नयाँ ठाउँमा मेरो जिवनमै नयाँ उमंग र हौसला बनेर छाए।

१२ कक्षाको परीक्षा सकेर बसेको बेला एकदिन अन्जना मकहाँ आइन्। म त्यो बेला रेडियो सुन्दै थिए रे। अन्जना मेरो लागि केही खबर लिएर आएकी रहेछिन् तर मेरो ध्यान भने रेडियोमा प्रशारण भइरहेको कार्यक्रममा थियो। तैले रेडियोमै काम गर्छेस भनेर त्यही बेला थाहा पाएको थिएँ भनेर अन्जना आजकल भन्छिन।

अन्जनाले नै मलाई इनरुवामा नयाँ रेडियो खुल्न लागेको र रेडियो उद्घोषणको तालिम खुलेको जानकारी दिएकी थिइन्। साथै तालिममा दुवै जना जाँउ भनेर उक्साएकी थिइन्। तालिम सशुल्क थियो तर तालिममा राम्रो गर्नेलाई एफएममै जागिरको अवसर पनि थियो। तालिम शुल्क २५ सय रुपैया जुन मेरा लागि कल्पना बाहिरको खर्च थियो। हुनत मामाघरमा मलाई पढ्दा देखिनै कुनै कमि थिएन। तर पनि तालिम शुल्कको बोझ मामालाई थप्न मनले मानेन।

यो बेला बुवाआमा पनि खोटाङबाट बसाइ सरेर इनरुवा घोपाली टोल आइसक्नु भएको थियो। तर बुबाआमासँग पनि २५ सय व्यहोर्ने आधार थिएन। मैले धेरै उपाय खोजेँ तर पनि २५ सयको बन्दोवस्त हुने बाटो देखिनँ।

म २५ सयको जोहो गर्ने चिन्तामा डुबेको बेला मेरो काकाको छोरा मलाई भेट्न आयो। उ सुनसरीकै एउटा पेट्रोल पम्पमा काम गर्थ्यो। कुरैकुरामा भाइलाई मैले तालिमको कुरा सुनाएछु। भाइले साँझ आएर २५ सय मेरो हातमा राखिदियो। दाजुभाइबाट सानैमा टाढिएकी म, भाइको यो मायाले निकै भावविभोर भएँ। भाइले दिएको पैसा लगेर भोलिपल्टै अन्जना र मैले तालिमको फारम भर्यौं। अनि १५ दिने आधारभूत तालिममा सहभागी भएँ।

दिन बित्दै जाँदै गएँ। तालिमले म निखारिदै थिएँ। तालिम सकेपछि पुपुलर एफएममा काम गर्ने अवसर पाउने मध्ये म अगाडि परेँ। रेडियो परीक्षण प्रशारणमै भइरहेकै बेला मेरो आवाज अनएयर भयो। मैले बोलेको पहिलो वाक्य थियो, पपुलर एफएममा तपाइलाई स्वागत छ।

मैले रेडियोमा श्रोतालाई स्वागत गर्दै बोलेको भए पनि खासमा ती शब्दले रेडियोको संसारमा मेरो नै स्वागत भइरहेको थियो। दुई महिनाको स्वयमसेवी परीक्षणकाल सकेपछि मैले रेडियोमा नियुक्ती पाएँ। जागिरे भएसँगै रेडियो नजिक भएकोले मैले बुवाको घर जाने निधो गरेँ र उतैबाट स्टेशन जान थालेँ। जागिर सुरु गरेको एक महिना पुगेपछि मेरो जीवनको पहिलो कमाई २५ सय रुपैयाँ हात लाग्यो।

बेलुका घर पुगेर मैले केही रकम बुवाको हातमा राख्दै भोलि नै घरमा बिजुली जोड्न भने। यो सबै मैले निकै पहिलेदेखि सोचेको कुरा थियो। बुवाआमा पहाडबाट बसाई सरेपछि म एक साँझ बुवाको घरमा बस्न आएकी थिएँ। त्यो दिन सम्झिदा अहिले पनि मन पोल्छ। आफ्ना दाजुभाइ, दिदी भेटेर म दिनभरी रमाएकी थिएँ। रात पर्यो, वरिपरि सबैका घर झलिमिली भए। तर मेरो बुवाको घर भने अन्धकार थियो।

साँझ पर्ने वित्तिकै भाइहरु कुपिको आडमा गएँ। बुवालाई बिजुली किन नजोडेको भनेर सोधेँ, पैसा नभएर भन्नु भयो। त्यही दिन मैले बुवाको घरमा उज्यालो बनेर फर्किने प्रण गरेकी थिएँ। जुन त्यो दिन सफल भएको थियो। बुवाआमा पनि निकै खुसी हुनु भयो। बुवाआमाभन्दा पनि मामामाइजु झन् बढी खुसी हुनु भयो। मामामाइजुले पनि आफूले हुर्काएकोमा गर्व गर्नु भयो।

रेडियोमा मेरो आवाज घन्किन थाल्यो। श्रोताले कार्यक्रममा निक्कै फुर्काउथे। पत्रकार भइयो भनेर मेरो पनि भुइँमा खुट्टा थिएन। नहोस् पनि कसरी ? आफू त आफू, घरकाले पनि मेरो कारणले गर्व गर्न थालेका थिए। एकदिन बुवा इनरुवामा कपडा सिलाउन जानु भएको रहेछ। त्यहाँ टेलरवालाले मैले चलाएको कार्यक्रम सुनिरहेका रहेछन्।

बुवाले यो मेरो छोरी हो भनेर धाक लगाउनु भएछ। त्यति भनेपछि उसले बुवालाई निकै आदर सत्कार गरेछ। बुवालाई आफ्नो छोरीको छनौटले आत्मसम्मान दिलाएको महशुस भएको रे। बुवाले यस्तो छाती फुलाएर भनिरहँदा म गद्गद् थिएँ। रेडियोमा मैले बोल्दा बुवा, आमा, मामामाइजु अनि दिदीदाजु, भाइबहिनी र साथीहरुले समेत गर्व गर्दा मेरो भुइँमा खुट्टा थिएन।

रेडियोका सुरुआती दिनमा हामी प्रस्तोताहरु मख्ख परिहाल्छौँ। त्यो बेला देशमा संविधानसभाको निर्वाचनको चर्चा थियो। चिया पसलदेखि चोकचोकमा राजनीतिक चर्चा हुन्थ्यो। मानिसहरुको राजनीतिक तलतल मेटाउन नेपाल चौतारी, साँझा सवाल, कायाँकैरन जस्ता कार्यक्रम प्रशारण हुन्थे।

काठमाण्डौँबाट प्रशारण हुने यी कार्यक्रमको गाँउघरमा धेरै चर्चा थियो। यस्ता कार्यक्रमको प्रस्तोताको अगाडि हामी स्थानीय रेडियोमा काम गर्ने प्रस्तोताको प्रसंसा निकै होचो महशुस हुन्थ्यो। राजधानीबाटै प्रशारण हुने यस्त कार्यक्रममा महिला प्रस्तोता भने कोही पनि थिएनन्। स्थानीय एफएमहरुमा पनि हामी महिलाहरु सांगितिक कार्यक्रम र फोन यिनमै सिमित थियौँ।

संचालकहरुले पनि सक्दैनन् भन्ने नै ठान्थेँ सायद, त्यसैले मन अमिलो हुन्थ्यो। यही इखले मलाई समाचार र बहसमूलक राजनीतिक कार्यक्रमतर्फ आकर्षित गर्न थाल्यो। र आफैले यस्ता कार्यक्रम चलाउन दोस्रो संविधान सभाको निर्वाचननै कुर्नु पर्यो। मैले बहुभाषिक पपुलर एफएमा काम गरेको पनि ४ वर्ष बित्न लागेको थियो।

मैले समसामयिक विषयवस्तुका साथै मैथिली भाषामा समेत काम गर्न थालेकी थिएँ। समाचार र शिक्षामूलक पत्रकारितामा प्रवेश गर्दै गर्दा मेरो बिहे भयो। बिहेपछि पत्रकारिताको निरन्तरता सोचेर मनमा चिन्ता थियो। श्रीमान पेशाले शिक्षक भएकोले सहयोग पाउने अपेक्षा पनि थियो। बिबाहको एक वर्षपछि श्रीमानकै हौसलामा २०६९ सालमा पूर्वकै प्रख्यात रेडियो सप्तकोशी एफएफमा काम गर्न सुरु गरेँ।

मेरो नयाँ घर इटहरीको सप्तकोशी एफएमदेखि ११ किलोमिटरको दूरीमा छ। म सार्वजनिक यातायात चढेर रेडियोमा पुग्थेँ। हाम्रो सामान्य परिवारलाई आर्थिक दृष्टिकोणले निजी सवारी साधन प्राथमिकता पनि थिएन। मैले सुरुमा उल्लेख गरेको घटना पनि यतिबेलाकै हो।

म प्रायः एक घण्टा अघि नै रोडमा पुगेर सवारी कुर्थेँ। चिसो समयमा बिहान अध्यारो। श्रीमान अध्यनको लागि काठमाण्डौँ भएकोले मलाई माइक्रो चढाउन मेरी सासुआमा सडकसम्म आउनु भएको थियो। निकैबेर गाडी नआएपछि सासुआमाले पूर्वतर्फ जाने मोटरसाइकललाई हात दिनु भयो।

नचिनेको मान्छेलाई मेरो बुहारी पत्रकार हो, इटहरीसम्म पुर्याइदिनुस् न भन्दै बाइकमा लिफ्ट मागेर पठाउनु भयो। त्यसपछि त समयमा माइक्रो नपाए सासुआमाले नचिनेका कति मान्छेको बाइकमै लिफ्ट मागेर धेरै पटक अफिस पठाउनु भयो। कामकाजी महिलाहरुलाई विभिन्न लान्छाना लगाउने हाम्रो समाजमा एउटा बुहारीलाई योभन्दा ठूलो सहयोग के हुन सक्थ्यो ररु

मेरो सासुआमाले धेरै लेखपढ गर्नु भएको छैन। तर उहाँमा बुहारीले पनि काम गर्नुपर्छ भन्ने गज्जबको भावना छ। ससुराबा त्यतीबेला सोलुखम्बुमा शिक्षण गर्नु हुन्थ्यो। बिदामा घर आउदा मैले काम गर्न जाँदा दुख गरेको महशुस गर्नु भएको रहेछ। अनि दशैमा पेश्की पाएको पैसा पूरै मलाई दिएर किस्ताबन्दीमा स्कुटर किन्न भन्नु भयो।

उहाँले स्कुटी किनिदिएर मेरो पत्रकारिताको रफ्तारलाई बढाइदिनु भयो। नयाँ घरमा सुरुआती दिनमै यस्तो सहयोग पाएपछि मेरो हौसलाको चाङ्ग चुलियो। मैले अधिकतम समयलाई रेडियो काममा लगाएँ। केही सफलता पनि पाएँ। नेपालको मात्र नभई लाईबेरियाको रेडियोमा समेत गएर शान्ति प्रक्रियामा पत्रकारिता बारे अनुभव साट्ने अवसर पाएँ।

सिक्दै जाने क्रममा नयाँनयाँ ठाँउमा तालिम गोष्ठी र कार्यक्रम उत्पादनकै लागि पनि जानु पर्थ्यो। घरमा सानो छोरा पनि छ। तर मलाई कहिल्यै पनि काममा कुनै बाधा आएन। सासुआमाले छोराको स्याहरसुसारको लागि मलाई कहिले रोक्नु भएन। श्रीमानले पनि हरेक कदम हौसला दिनु भयो।

हामी दुई फरक पेसामा भएपनि मेरो पेशाको व्यस्ततालाई बुझिदिनु भएको छ। संविधानसभाको दोस्रो निर्वाचनदेखि राजनीतिक विषयवस्तुमा मैले कार्यक्रम चलाउन थालिसकेकी थिएँ। मेरा कार्यक्रमहरुको नियमित श्रोतामध्ये एक सासु पनि हुनुहुन्छ।

एकदिन सासुले तिमीहरु नेताका मात्र कुरा गर्छौ भन्नु भयो। गाँउघरका महिला, विपन्न, र दुखी असहायका समस्या बारे खोइ बोलेको भनेर सोध्नु भयो। उहाँको सल्लाहले मलाई सामाजिक विषयवस्तुमा ध्यान दिन प्रेरित गर्यो। उहाँले साँचो मनले दिएको सल्लाहलाई साकार गर्न समय पनि मिलेर आयो। रेडियोमा नयाँ आएको विपन्न तथा सिमान्कृत समुदाय सम्बन्धी कार्यक्रमको निर्माता हुने अवसर मलाई दिइयो।

कार्यक्रम चलाउदै जाँदा समाजमा विपन्न र सिमान्तकृत समुदाय अनि महिलाहरुले भोगेका समस्यालाई नजिकबाट महशुस गर्ने मौका पाएँ। यी समुदायले भोगेको सामाजिक लकडाउन अहिलेको लकडाउनभन्दा निकै कठिन छ। गरिबी र सामाजिक लकडाउनलाई छिचोल्दै पत्रकारिता गर्न मलाई मेरो परिवारले त सघायो। तर पनि परिस्थितिजन्य र समाजको सोचका अरु धेरै लकडाउनका तगारा त अझै पनि अगाडि छन्।

अहिले कोरोनाको डरले गरिएको लकडाउनले हामी सबैको जिवनलाई नराम्रोसँग प्रभावित गरेको छ। धेरै कामहरु घरैबाट गर्ने व्यवस्था गरिएको छ। तर पत्रकारिता यस्तो पेशा हो, जुन घरमै बसेर गर्न सकिदैन। रेडियो र टिभिका पत्रकारहरुलाई झनै समस्या छ।

यो लकडाउनमा महशुस गरेको एउटा महत्वपूर्ण कुरा के हो भने घरमा थुनिएर पत्रकारिता गर्न कठिन छ। तर नेपालका धेरै महिला पत्रकारहरुले सधै सामाजिक लकडाउनमा रहेरै काम गरिरहेका छन्। पत्रकार महिलाकै अवस्था यस्तो छ भने अरु महिलाले भोगेको सामाजिक लकडाउन झन् कति कहाली लाग्दो होला ? यी सामाजिक लकडाउनको विषयमा हामीले कहिले चर्चा गर्नेरु

मानव जातीमै संकटको रुमा वर्णन गरिएको कोरोनाको लकडाउनले सबै आजित भएका छौँ। र यसलाई छिट्टै अन्त्य गर्नुपर्छ भनेर विज्ञदेखि सर्वसाधारणले सुझाव र भाग गर्दै आएका छन्। तर महिला, दलित, मधेशी, मुस्लिम,आदिवासी, जनजाती र अल्पसंख्यकहरुले भोगिरहेको सामाजिक लकडाउनले उनीहरुको जीवन कति पिरोलिएको होला! उनीहरु माथि लादिएको सामाजिक लकडाउन अन्त्य गर्न बहस कहिले गर्ने ? यो सामाजिक लकडाउनलाई अन्त्य गर्न तयार नहुने हो भने हामी मानव जाति भएको नै के अर्थ होला र ?

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist