दुहबी नगरपालिकाले कोभिड १९ कोरोना भाइरस समुदाय स्तरमा फैलिएको वा नफैलिएको पत्ता लगाउन पिसिआर विधि बाट नमुना संकलन कार्य शुरु गरेको छ । यसअघि दुहबीको क्वारेन्टाइनमा बस्ने तथा शंकास्पद व्यक्तिको मात्र आरडिटि र पिसिआर परिक्षण भएको थियो । समुदाय स्तरमा भएको प्रभावको लागि समुदाय स्तरमा परिक्षणको लागि स्वास्थ्यकर्मीहरुको टोली परिचालन गरिएको दुहबी नगर प्रमुख बेदनारायण गच्छदारले बताउनुहुँदै समुदायस्तरमा जोखिमको अवस्थावारे जानकारी भएपछि त्यसैको आधारमा महामारी रोकथाम तथा नियन्त्रणको योजना बनाइने बताउनु भयो ।
दुहबी नगर प्रमुख बेदनारायण गच्छदारबाट सुरु गरिएको नमुना छनोट पहिलो चरणमा दुहबी नगरपालिकाका जनप्रतीनिधि,कर्मचारी,स्वास्थ्यकर्मी,सुरक्षाकर्मीबाट धेरै जनसम्पर्क हुने स्थानहरु वित्तिय संस्था अत्यावश्यक सामग्री विक्री वितरण गर्ने पसलहरुबाट नमुना संकलन गरी परिक्षण गर्न लागिएको जनाइएको छ । दुहबीमा पहिलो चरणमा ५६ जनाको स्वाब संकलन गरीने जनाइएको छ ।
प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या नौ सय ७५ पुगेको छ । प्रदेश १ मा हालसम्म ४१ हजार सात सय १० जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।








