• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

काेचिला खबर by काेचिला खबर
12/27/2024
in FEATURE, स्वास्थ्य
84
SHARES
382
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । यसअघि बिना प्रतिस्पर्धा नियुक्त गरिएका ९ जना चिकित्सकलाई मिल्ने योग्यता कायम गरेर विराटनगरस्थित कोशी अस्पतलाले दरखास्त आव्हान गरेको पाइएको छ ।

अस्पताल विकास समितिको रिक्त दरबन्धिको पदपूर्तीका लागि १५ जना मेडिकल अफिसर माग गरिएकोमा ती ९ जना मध्येबाट ७ जना पुरानै चिकित्सकलाई नियुक्ति गर्ने गरी योग्यता निर्धारण गरिएको पाइएको हो ।

अस्पतालले मंगलबार १५ जना मेडिकल अफिसर, ३१ जना नर्स, तीन जना फार्मेसी अधिकृत र दुई जना बायोमेडिकल इन्जिनियर माग गरिएको छ । तीमध्ये ८ जना विभिन्न विभागका लागि छन् भने ७ जना आइसियू र आकस्मिक कक्षका लागि ।

विभागका लागि माग भएको दरबन्दीमा यसअघि अस्पतालमा ज्यालादारीमा काम गर्दै आएका चिकित्सकहरुलाई नै नियुक्ति गर्ने गरी अमिल्दो योग्यता तोकिएको हो ।

यी हुन् नियुक्ति सुनिश्चत चिकित्सक

कोशी अस्पतालले १५ जना चिकित्सक माग गरेर सूचना जारी गरेकोमा अस्पतालमा अहिले कार्यरत ज्यालादरीका ७ जना चिकित्सकको करारमा नियुक्ति हुने सुनिश्चत जस्तै देखिएको छ । यसअघि प्रतिस्पर्धा नगराइ नियुक्त चिकित्सकहरुको हकमा विशेष योग्यता निर्धारण गरिएकोले ती पदहरुमा उनीहरुको नियुक्ति कबिर सुनिश्चित देखिएको अस्पतालका स्वास्थ्यकर्मीहरु बताउँछन् ।

जसमध्ये एनेस्थेसियोलोजिष्ट दुई जना, डर्माटोलाजी , ई.एन.टि., डेन्टल, मेडिसिन र साइक्याट्री विभागमा ज्यालादारी सेवामा कार्यरतहरुले नै नियुक्ति पाउने गरी योग्यता निर्धारण गरिएको हो । जहाँ नाक, कान, घाँटी रोग विशेषज्ञ डा. रौनक दाहाल, छाला रोग विशेषज्ञ डा. ज्योती कार्की, मनोचिकित्सक डा.सविता खड्का, पेटरोग विशेषज्ञ डा. रोहित यादव, एनेस्थेसिया डा. प्रविन झा र डा. राजन राई रहेका छन् । उनीहरुलाई प्रक्रिया पूरा गरेर नियुक्ति दिने योजनाअरुसार मिलाएर विशेष योग्यता तोकेर सूचना प्रकाशन गरिएको छ ।

‘यसअघि परीक्षा लिएर खुला प्रतिस्पर्धामार्फत योग्य चिकित्सक छनोट गर्ने बाटो छलेर अस्पताल विकास समितिले आफूखुसी चिकित्सक नियुक्ति गरेको थियो । खुल्ला प्रतिस्पर्धा नगराइ नियुक्ति नगर्न स्वास्थ्य मन्त्रीले निर्देशन दिएपछि उनीहरुको नियुक्ति खारेजी भएको थियो ।

अहिले प्रक्रिया पूरा गर्न मात्र यो सूचना प्रकाशन गरिएको जस्तो देखिन्छ,’ अस्पतालका एक पूर्व मेसुले भने, ‘अहिले मान्यता प्राप्त शिक्षण संस्थाबाट एमबिबिएस वा सो सरहको उपाधि प्राप्त गरी मेडिकल काउन्सिपलबाट लाइसेन्स लिएका चिकित्सकले ती सात दरबन्दीमा आवेदन दिनै नसक्ने गरी दरखास्त माग गरिएको देखिन्छ । खुला प्रतिस्पर्धालाई छेक्ने गरी यस्तो मापदण्ड बनाउनु गलत छ ।’

नयाँ मेसु पनि पुरानै बाटोमा

स्वास्थ्य मन्त्रालयको निर्णय अनुसार गत असोज ६ गते कोशी अस्पतालको मेडिकल सुपरिटेण्डेन्ड (मेसु) बाट डा. रविनराज सिंह पदमुक्त भए । उनको ठाउँमा स्वास्थ्य मन्त्रालयले कोशीको मेसुमा डा. रुना झालाई नियुक्त गर्यो ।

उनले कोशीको मेसुको जिम्मेवारी समाले लगतै पुर्वमेसु रविरजा सिंहले जाजाजादै गरेको नियुक्तिलाई खारेजी गरिदिइन भने २ भदौमा अस्पताल विकास समितिका अध्यक्ष डा.फरवार्ड सिलवालको अध्यक्षतामा बसेको बैठकले ६ जना विशेषज्ञ चिकित्सकको नियुक्तिको करार अवधिको म्याद थप गरिदिइन् । त्यसपछि उनीहरु अहिले ज्यालादरीमा अस्पतालमा कार्यरत रहेका छन् । अहिले फेरी उनीहरुलाई नियुक्ति गर्नको लागि मिल्ने योग्यता कायम गरेर सूचना जारी गरेको भन्दै यहाँ कार्यरत चिकित्सकहरुले विरोध जनाएका छन् ।

कोशी अस्पतालकी मेसु डा. रुना झाले योग्यता पुगेका सबैले प्रतिस्पर्धा गर्न पाउने गरी लोकसेवा आयोगले निर्धारण गरेको मापदण्डलाई पालना गरेर दरखास्त आव्हान गरिएको बताइन् । ‘अस्पताल विकास समिति तर्फको रिक्त दरवन्दीमा पदपूर्ती गर्ने उद्देश्यले हामीले योग्य सबै उम्मेदवारले लोकसेवा आयोगद्वारा निर्धिारित दरखास्त फारम गरी यस अस्पतालको प्रशासन शाखामा आवेदन दिन सक्नुहुनेछ,’ उनले भनिन्, ‘हामीले कुनै निश्चित चिकित्सकलाई केन्द्रीत गरेर दरखास्त आव्हान गरेकै छैन ।’

अहिले स्वास्थ्य मन्त्रालयको नीति पनि ज्यालादरीमा चिकित्सकलाई नराख्ने भन्ने रहेको उनले बताइन् । अहिले नियुक्ति हुने चिकित्सकहरुले अस्पतालमा रात्रीकालीन उपचार सेवाका लागि खटाइने उनले बताइन् । ‘अहिले अस्पतालमा २ बजेपछि रेडियोलोजी विभाग बन्द हुने गरेको छ । अब २ बजेपछि सेवा दिने रेडियोलोजिष्ट नियुक्त गर्ने हो, अप्रेसन र एनेस्थेसियोलोजिष्टले पनि अपरान्ह र रात्रीकालीन सेवा दिनुपर्छ । त्यसैले अस्पतालको आवश्यकता अनुसार स्वास्थ्य उपचार सेवामा सुधार गर्न प्रक्रिया पूरा गरेर नियुक्त गर्न खोजिएको हो,’ उनले भनिन् ।

यता अस्पताल विकास समितिका अध्यक्ष डा. फरवार्ड सिलवालले विगत लामो समयदेखि काम गर्दै आएका ज्यालादरीका चिकित्सकहरुलाई नियुक्तिमा प्राथामिकता दिनु स्वभाविक भएको बताए । यद्यपि अहिले निर्धारित योग्यता पुगेका सबैले प्रतिस्पर्धा गर्न सक्ने र निर्धारित योग्यतामा ती सात जनाबाहेक धेरै चिकित्सकहरु रहेको उनले ताए ।

चाहिएको ठाउँमा छैन, नचाहिएको ठाउँमा नियुक्ति

अस्पतालमा आवश्यक नभएको विभागमा थप चिकित्सक नियुक्त गर्ने तयारी गरेको भन्दै यहाँका अन्य स्वास्थ्यकर्मीहरुले विरोध जनाउने गरेका छन् । कोशीमा एक दर्जन बढी विभागहरु छन् । तर, चिकित्सक चाहिएका विभागमा नियुक्त नगरेर धेरै चिकित्सक भएको विभागमा मेडिकल अधिकृत थप्ने तयारी गरिएको छ ।

कोशीको डेन्टल विभागमा अहिले ८ जना चिकित्सक कार्यरत छन् । डेन्टलको ओपीडीमा दैनिक ७० देखि ९० जना बिरामी पुग्छन् । उनीहरुको भागमा सरदर १० जना बिरामी पर्छन् । त्यसै ठाउँमा फेरि एक जना थप्ने गरी सूचना निकालिएको छ । ‘यसअघि नै चिकित्सकलाई बस्ने कुर्सी नभएको विभागमा फेरि चिकित्सक नियुक्त गरेर कोशीमा छुट्टै डेन्टल अस्पताल चलाउन लागे जस्तो छ’, एक चिकित्सकले भने, ‘अस्पतालमा न्यूरो सर्जरी विभाग, गाइनो वार्ड र एनआईसीयु सञ्चालन गर्न चिकित्सक आवश्यक छ तर त्यसतर्फ अस्पतालले ध्यान दिएको देखिएन ।’

यस्तै थप जनशक्ति नभएको भन्दै कोशीको आईसीयुको बेड संख्या खुम्चिएको छ । यसअघि २४ शैय्यासम्मको आईसीयु रहेको कोशीमा अहिले १२ बेडमा खुम्चिएको छ । ‘जनशक्ति आइसियुमा थप्नुपथ्र्यो तर जहाँ धेरै छन् त्यही थपेर व्ययभार मात्र बढाउन खोजेको देखिन्छ,’ अस्पतालका अर्का कर्मचारीले भने । अहिले नियुक्त भएका आठौं तहका चिकित्सकहरु हुन् ।आठौं तहको सुरु तलब स्केल ४८ हजार ७३७ रुपैयाँ रहेको छ । त्यसमा १ हजार ६२५ रुपैयाँ ग्रेड जोडेर मासिक ५५ हजार २३७ रुपैयाँका दरले पारिश्रमिक भुक्तानी गर्नुपर्छ ।
हाम्रोमत बाट साभार ।

 

 

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

दुहबीमा ११ औं भलुवा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप हुने ।

02/11/2026
दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

दुहबीको महेन्द्र मेमोरियल स्कुलमा ३ दिने स्पोर्ट उत्सव सुरु

02/04/2026
सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

सुनसरी-३ मा चौधरी फेरि आफ्नो जित दोहोर्‍याउने दाउमा गच्छदार गुमेको विरासत फर्काउने प्रयासमा

02/02/2026
स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

स्थानीय तह:डेढ अर्ब डीपीआरमै,खोज्दा अभिलेख भेटिंदैन करोडौं खर्च,नअभिलेख न त कार्यान्वयन

01/27/2026
४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

४९८ ज्येष्ठ नागरिक चुनावमा भिड्दै स्वतन्त्र र पुराना दलबाट धेरै

01/24/2026
मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

मोरङ ६ मा मजदुर नेता ओपेन्द्र रायको उम्मेदवारी दर्ता ।

01/20/2026

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist