• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

बिमाको १० प्रतिशत रकम २५ शय्या सम्मका सरकारी अस्पतालमा सह-भुक्तानी व्यवस्था लागू नहुने

यस्ता छन् बिमाको सह–भुक्तानी सेवा लागू हुने स्थान

काेचिला खबर by काेचिला खबर
01/18/2024
in स्वास्थ्य
54
SHARES
246
VIEWS
Share on FacebookShare on Twitter

स्वास्थ्य बिमा बोर्डले माघ १ बाट १० प्रतिशत उपचार रकम बिमित आफैले तिर्नुपर्ने सह-भुक्तानी (को पेमेन्ट) प्रणाली लागु गरेको छ । बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाका अनुसार पुस २७ गतेको बोर्डको निर्णयअनुसार सह-भुक्तानी कार्यक्रम माघ १ देखि लागु हुने भएको हो । बोर्डले सह-भुक्तानी सेवा लागु गर्न सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई निर्देशन दिइसकेको छ ।

पुस २७ गतेको बोर्डको निर्णयअनुसार सह-भुक्तानी कार्यक्रम माघ १ देखि लागु हुने भएको हो ।
बोर्डका कार्यकारी अध्यक्ष डा.गुणराज लोहनीले स्वास्थ्य सेवाको उपभोगको क्रममा अनावश्यक चिकित्सकीय सेवाको प्रयोग बिमा कार्यक्रमको मर्म विपरीत भइरहेको गुनासोप्रति लक्षित गर्दै यो व्यवस्था लागु गरेको जानकारी दिनुभयो ।

डा. बसौलाका अनुसार सह-भुक्तानी प्रणालीले बिमितहरुले उपचार गर्दा खर्च भएको कुल रकमको १० प्रतिशत आफैँले तिर्नुपर्ने व्यवस्था छ । उहाँ भन्नुहुन्छ, “सेवाग्राहीलाई उपलब्ध गराएको १० प्रतिशत भर्पाइको कागजातसहित बाँकी ९० प्रतिशत रकम भुक्तानीका लागि नियमानुसार स्वास्थ्य बिमा बोर्डमा दाबी गर्नुपर्ने छ ।”

यो सेवा कहाँ लागु हुन्छ ?

आकस्मिक, प्राथमिक स्वास्थ्य केन्द्र, २५ शय्या सम्मका सरकारी अस्पतालमा सह-भुक्तानी व्यवस्था लागू नहुने बोर्डले जनाएको छ । बोर्डका अनुसार सङ्घीय अस्पताल, २५ शय्यामाथिका प्रादेशिक अस्पताल र सबै निजी वा सामुदायिक अस्पतालमा यो व्यवस्था लागू हुन्छन् ।

डा.बसौलाका अनुसार अस्पतालबाट प्रदान गरिने बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा आदिमा १० प्रतिशत सह-भुक्तानीको व्यवस्था लागू हुनेछ ।

डा.बसौलाका अनुसार अस्पतालबाट प्रदान गरिने बहिरङ्ग सेवा, अन्तरङ्ग सेवा, निदानात्मक सेवा, उपचारात्मक सेवा, शल्यक्रिया सेवा, फिजीयोथेरापी सेवा आदिमा १० प्रतिशत सह-भुक्तानीको व्यवस्था लागू हुनेछ ।
सरकारले निःशुल्क सेवा प्रदान गरेका कार्यक्रमहरूजस्तै आमा सुरक्षा कार्यक्रम, बाल रोगको एकीकृत व्यवस्थापन कार्यक्रम, क्षयरोगको निदान तथा उपचार, कुष्ठरोगको निदान तथा उपचार, औँलो रोगको निदान तथा उपचार, कालाजार रोगको निदान उपचार हात्तीपाइले रोगको निदान तथा उपचार तथा नेपाल सरकारले निःशुल्क उपचार गर्ने भनी तोकेका विभिन्न सरुवा रोगहरूको सह-भुक्तानीको व्यवस्था लागू नहुने डा. बसौलाले जानकारी दिनुभयो ।

नेपाल सरकारद्वारा सञ्चालित खोप सेवा,परिवार नियोजन सेवा, सुरक्षित मातृत्वलगायत अन्य जनस्वास्थ्य सेवा अन्तर्गतका कार्यक्रमहरू, महामारी रोगको नियन्त्रण, रोकथाम निर्मूल र उन्मुलनमा गरिने सेवाहरू,सामूहिक भवितव्य, दुर्घटना, महामारी, आपत्कालीन सेवा, सर्पदंश, कुकुरको टोकाई आदि, योग, पोषण शिक्षा, बानी ब्यहोरा सुधार, मनोसामाजिक परामर्शजस्ता प्रवर्द्धनात्मक सेवा, आधारभूत स्वास्थ्य सेवाअन्तर्गत पर्ने औषधी सह-भुक्तानी लागू नहुने उहाँले उल्लेख गर्नुभयो ।

लक्षित वर्ग अति गरिबको परिचय प्राप्त परिवार, ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, अति अशक्त अपाङ्गता परिचयपत्र पाएका अपाङ्ग (रातो कार्ड भएका), एच.आइ.भी.एड्स सङ्क्रमित, जटिल क्षयरोग कुष्ठरोगी र महिला स्वास्थ्य स्वयंसेविका आदिमा सह-भुक्तानी व्यवस्था लागू नहुने बोर्डले जनाएको छ।

३५ सय तिर्दा एक लाखको सुविधा लिन सकिने

बोर्डले पाँच जनासम्म सदस्य भएको परिवारले वार्षिक ३५ सय योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिन सक्ने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष डा. लोहनीका अनुसार बिमित सेवाग्राहीलाई प्रेषण गर्दा सेवा उपलब्ध भएको सबैभन्दा नजिकको स्वास्थ्य संस्थाबाट गर्नुपर्ने व्यवस्था गरेको छ ।

बोर्डले पाँच जनासम्म सदस्य भएको परिवारले वार्षिक ३५ सय योगदान रकम तिरी एक लाखसम्मको सुविधा लिन सक्ने व्यवस्था गरेको छ ।
एउटा रोगको लागि गरिएको प्रेषण सेवा सोही रोगको पुन: जाँचका लागि पुन: प्रेषण पुर्जीको आवश्यक नपर्ने बोर्डले व्यवस्था गरेको डा. लोहनीले जानकारी दिनुभयो । आकस्मिक सेवाको लागि प्रेषण पुर्जीको आवश्यक नपर्ने, सेवाग्राहीलाई प्रेषण गर्दा सेवाको उपलब्ध भएको सुनिश्चित गरी गर्नुपर्ने, सेवा प्रदायक संस्थाहरूमा उपलब्ध सेवाको व्यक्ति विशेषको मागको आधारमा बिमा व्यवस्थापन सूचना प्रणालीबाट अस्वीकृत गरिने र सो बापतको शोधभर्ना भुक्तानी हुने जनाएको छ ।

नियमित औषधी सेवन गरिरहेका कार्यक्रममा आबद्ध बिमितलाई तीन महिनाका लागि दिने व्यवस्था गरेको डा. लोहनीले जानकारी दिनुभयो । गोरखा पत्र बाट

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist