काठमाडौं / विगत केहीदिनयता बजारमा पारासिटामोलको चरम अभाव भएको छ । बिरामीले पैसा तिरेर पनि पारासिटामोल पाउन सकीरहेका छैनन् ।
काठमाडौ उपत्यकामा मात्र होइन,जुम्ला,हुम्ला,ओखलढुंगा,रामेछाप जस्ता दुर्गम जिल्ल्ँमा समेत पारासिटामोल चरम अभाव भएपछि अनुगमन पनि तीब्र बनाइएको छ । तर पनि बजारमा पारासिटामोलको अभाव भइरहेको छ ।
सिटामोलको अभाव हुन थालेपछि युवा व्यवसायी तथा नेपाली काँग्रेसका युवा नेता डा.अबुल हुसेन अन्सारी सिटामोल नपाउनेका लागि मल्हम लगाउन आइपुग्नुभएको छ । आजबाट निरन्तर डा.हुसेनले औषधि व्यवस्था विभागको अगाडी पारासिटामोलका साथै मास्क र स्यानिटाइजर निशुल्क रुपमा वितरण गर्न थाल्नुभएको छ ।
उहाँलाई बजारमा अभाव भइरहदा कसरी पारासिटामोल निशुल्क बाँड्दै हुनुहुन्छ भन्ने प्रश्नमा व्यक्तिगत खर्चमा किनेर बाँडेको उत्तर दिनुभयो ।
यसअघि पनि कोभिडको महामारी हुँदा अत्यावस्यक रेम्डिसिभिर पनि डा.अन्सारीले सहज रुपमा वितरण गर्नुभएको थियो । बजारमा रेम्डिसिभिरको हाहाकार भएर स्वास्थ्य मन्त्रालयका पदाधिकारी तथा मन्त्री,सांसदको पावर लगाउँदा समेत रेम्डिसिभिर नपाउने स्थितिमा डा.अबुलल हुसेन अन्सारीले सहज रुपमा बाँड्नुभएको थियो । अन्सारीले स्वास्थ्य सामग्रीको वितरणसंगै चिकित्सकहरुद्धारा रक्तचापको परीक्षणको समेत व्यवस्था गर्नुभएको थियो ।
यतिखेर पनि पारासिटामोलको हाहाकार हुँदाखेरी औषधि व्यवस्था विभागको गेटमै गएर अन्सारीले निशुल्क पारासिटामोल वितरण गर्न थाल्नुभएको छ । डा.अन्सारीले आयान हेल्थ केयर तथा अनमोल हेल्थ केयर मार्फत निःशुल्क पारासिटामोल वितरण गर्नुभएको हो । मैले अभावमा निशुल्क पारासिटामोल बाँडेर संकटमा साथ मात्र दिएको हुँ,डा.अन्सारीले थप्नुभयो,“यो अभियान बजारमा पारासिटामोलको अभाव रहेसम्म रहिरहन्छ ।”
हाललाई पाँचलाख ट्याब्लेट पारासिटामोल वितरण गर्ने योजना बनाएको अन्सारीले सुनाउनुभयो ।
कोभिड सुरु भएदेखि बजारमा पारासिटामोलको चर्को अभाव भएकोले बजारमा सिटामोलको चरम अभाव भइरहेको छ ।
डा.अन्सारीले निशुल्क पारासिटामोल वितरण गरेको कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामहरी खतिवडा, नेपाल औषधि उत्पादक संघका अध्यक्ष प्रज्वलजंग पाण्डे, महासचिव विप्लव अधिकारी र नेपाल औषधि आयातकर्ता संघका महासचिव पवन आचार्यले समेत साथ दिनुभएको थियो । उहाँहरुले बजारमा पारासिटामोल चरम अभाव भएको बेला निशुल्क मानवीय कार्य गर्नु उदाहरणीय कार्य भएको बताउनुभयो ।






