दुहबी नगर आधारभुत अस्पतालमा आखा र कानको रोग सम्बन्धि उपचार सेवा सुरु भएको छ। बिराटनगर आखा अस्पताल को प्राबिधिक साहयोग र दुहबी नगरपालिकाको सहकार्यमा नियमित बिमारि जाँच र उपचार हुने भएको हो। आज दुहबी नगरपालिका मेयर वेद गच्छादार ले रिवन काटेर सेवा सुभारम्भ गरेका हुन् ।
बिराट आखा अस्पताल का ब्यावस्थापन समिति अध्यक्ष पदम नारायण चौधरी र दुहबी नगर प्रमुख वेद नारायण गच्छादार बिच सेवा सन्चालन सम्बन्धी गत कार्तीक २ गते सम्झौता भएको हो । नगर आधारभुत अस्पतालमा हाल नवजात शिसुमा लाग्ने जन्डिस रोगको उपचार समेत प्रबिधियुक्त हुन थालेको नग प्रमुख गच्छादारले बताए। साथै उनले आगामी पौष, भित्रमा नगर अस्पतालमा गाइनो र हाड जोर्नी सम्बन्धी थप सेवा बिस्तार गरिने पनि प्रतिबद्दता ब्यक्त गरेका छन ।
नगर प्रमुखले २०७६/ ७७ देखी नै दुहबी नगरबासीले झेल्दै आएको आखा सम्बन्धी मोतियाबिन्दु, जलबिन्दु, आखामा मासु पलाउने रोगको निशुल्क उपचार गर्दै आएको र नगर अस्पताल सुरु भए पछि थप सेवा बिस्तार का लागी आफ्नै अस्पतालबाट सेवा सुरु गर्ने उदेश्यले आज देखि कार्यक्रम सुरु गरेको जनाए। स्वास्थ्य क्षेत्रमा देश कै उत्कृस्ट नगरपालिका घोषित बनेर सभामुख देवराज घिमिरेबाट सम्मान लिएको स्मरण गर्दै उनले भने हाल सम्म ५ हजार जना स्थानिय लाभान्वीत बनिसकेको र थप नगरबासी सेवा लिन सक्ने बिश्वास लिएको जनाए।
आखा र कानको रोग समन्धी उपचार प्रोग्राम उद्घाटन पछि सेवाग्राही सगै मेयर गच्छादार समेतले आखा चेकजाँज गराएका थिए। कार्यक्रममा उपप्रमुख मेनुका खतिवडा, स्वास्थसाखा प्रमुख बिन्देश्वर महतो, अधिकृत उचित साह, अस्पतालका प्रमुख अमित अग्रहरी, वदा अध्यक्ष हरु सदस्य हरु लगायत उपस्थिति रहेका थिए।





