दुहबी / सुनसरीको दुहबी नगरपालीकामा संचालीत १३ वटा स्वास्थ्य संस्था बिच गरिएको आन्तरिक कार्यगत क्षेमताको सर्वेक्षणमा दुहबी १ मा रहेको दुहबी हेल्थ पोस्ट उत्कृष्ट घोषित भएका छन ।
बिभिन्न सुचक को प्रतिबेदनको आधारमा दिएको अंक १३ वटा स्वास्थ्य सस्था भन्दा बढि अंक ल्याएर उत्कृस्ट भएको थियो ।
दुहबी हेल्थ पोस्टले ७४ . ३ अंक ल्याएको थियो भने दोश्रो हुने सोनापुर हेल्थ पोस्टले ७३ . ८ अंक ल्याएको थियो । तेश्रो हुने पुर्वकुशाह हेल्थ पोस्टले ७१ . ५ अंक ल्याउन सफल भएको थियो । प्रथम , दोश्रो र तेश्रो हुनेलाइ प्रशंसा पत्र, र खादा ओडाएर नगर प्र्मुख गच्छादारले सम्मान गरेका थिए पोषण तथा बर्थिङ सुधारको क्षेत्रमा दुहबी नगरपालीका देश कै उत्कृस्ट रहेको छ।
दिगो बिकाशका लक्षमा दोश्रो लक्ष रहेको पोषणमा दुहबी नगरपालीकाले ३५ लाख खर्च गरेको छ भने गर्ववति महिलालाइ घर देखि बर्थिङ सम्म यातायातको सुबिधा उपलब्ध गर्ने लक्ष लिएको छ। कार्यक्रम लाइ सम्बोधन गर्दै नगर प्रमुख गच्छादारले रास्टृय सुचक भन्दा दुहबी नगरपालीकाले तयार गरेको सुचक उत्कृष्ट भएकोमा स्वास्थ्य सस्थाका कर्मचारी हरुलाइ बधाइ दिएका थिए।
प्रतिस्पर्धामा एक जना उत्कृष्ट हुने हुदा बाकी स्वास्थ्य संस्थाका कर्मचारीहरुले हिम्मत नहारी आगामी दिनमा अझै उत्कृष्ट हुने कोशिस सहित जिम्मेवारीका साथ काम गर्न सुझाव दिएका थिए
पुरस्कार मात्रै होइन, दण्डको पनि ब्यावस्था राख्ने अवधारणा रहेको बताउदै उनले आगामी दिनमा स्वास्थ्य क्षेत्रमा थप सुधारको आवश्यक रहेको बताए ।
उपप्रमुख मेनुका खतीवडाले अस्पताल जादा त्याहाका कर्मचारीले गर्ने बोलि ब्यावहारले बिरामि आधा सन्चो हुने हुदा यस्लाइ कर्मचारी हरुले लागु गर्नु अर्ने बताइन। प्रमुख प्रशासकिय अधिकृत राजकुमा केसीले जनता संग प्रत्यक्ष सरोकार राख्ने स्वास्थ्य लगायतका क्षेत्रमा जिम्बेवार रहन कर्मचारीहरुलाइ आग्रह गरेका थिए। उनले सार्वजनिक संस्थामा सरसफाइ महत्व हुनेहुदा सेवाग्राहीको गुनासो न आओस भन्ने सुझाव दिएका थिए।