• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

दुहबीमा फार्मेसीको सिफारिस लिएर पोक्लिनिक सञ्चालन गरी बिरामीलाई ठगी गर्दै ।

काेचिला खबर by काेचिला खबर
07/30/2023
in स्वास्थ्य
197
SHARES
896
VIEWS
Share on FacebookShare on Twitter

अकबर अलि
दुहबी / सुनसरीको दुहबीमा फार्मेसीको सिफारिस लिएर पोक्लिनिक सञ्चालन गरेर बिरामीलाई ठगी गर्दै आएको शुक्रबार अनुगमनको क्रममा भेटिएको हो ।

स्वीकृति नै नलिई सञ्चालन गरेको पोलिक्लिनिकमा ल्याब , भिडियो एक्सरे , बेड राख्ने अनुमती बिना अस्पताल जस्तै बेड राखी संचालन गर्दै गरेको अनुगमन टोलीले भेटीएको थियो ।

स्वास्थ्य क्षेत्रमा विकृति व्यापक देखिएपछि गृह मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्बन्धित निकायलाई देश भरिनै अनुगमन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालय सुनसरीको नेतृत्वमा दुहबीमा रहेका फार्मेसी, पोलिक्लिनिक, मेडिकल हलहरूको अनुगमन गरिएको थियो ।

अनुगमनको क्रममा पोलिक्लिनिक, मेडिकल हल र फार्मेसीहरूले बिरामी ठगी मात्र नगरेर स्वास्थ्यमाथि गम्भीर खेलवाड गरेको पाइएको अनुगमन टोलीले बताए ।

सुनसरीको दुहबी स्थित रहेका आधा दर्जन पोलिक्लिनिक र मेडिकल , फार्मेसीहरूमा अनुगमन गरिएको थियो । त्यसक्रममा व्यापकरूपमा बेथिति रहेको भेटिएका थिए ’ , अनुगमनमा ‘फार्मेसीको स्वीकृति लिने अनि पोलिक्लिनिक सञ्चालन गर्ने गरेको भेटिएको थियो । पोलिक्लिनिक भनेर बोर्डमा विशेषज्ञ चिकित्सकको नाम राखिएको छ । तर, उपचार सिएमए र अहेवले गरेको पाइएको छ ।’ यसरी खुलेआम बिरामीलाई फार्मेसी र पोलिक्लिनिकहरूले ठगी मात्र नगरेर उपचारको लागि आएका बिरामीको स्वास्थ्यमाथि पनि खेलवाड गरेको पाइएको छ ।

दुहबी ३ स्थित कोशि राज मार्ग छेउमा संचालन रहेको ईजि केयर स्वास्थ्य प्रालि र दुहबी १ स्थित रहेको बजरीया माझीले सञ्चालन गरेको बजरीया फार्मेसी मेडिकलले सिएमए राखेर उपचार गर्ने गरेको पाइएको छ ।

विशेषज्ञ चिकित्सकको बोर्ड झुण्ड्याएर बजरीया फार्मेसीका संचालक बजरीया माझीले आफै बिरामीहरु लाई उपचार गर्ने गरेको पाइएको छ । उता बजरीया माझी सिएमए मात्र रहेको खुल्नमा आएको हो। पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सकबाहेक अरूले स्वास्थ्य जाँच गर्न नपाउने स्वास्थ्य कार्यालय सुनसरीका प्रमुख सागर प्रसाईंले बताए ।

फार्मेसीले औषधि व्यवस्था विभागबाट स्वीकृति लिनुपर्ने हुन्छ भने पोलिक्लिनिकले स्वास्थ्य कार्यालयबाट लिनुपर्छ’ उनले भने, पोलिक्लिनिकमा विशेषज्ञ चिकित्सकले स्वास्थ्य जाँच मात्र गर्ने हो । थप उपचार गर्नुपर्ने अवस्था आए सम्बन्धन प्राप्त गरेको अस्पतालमा रेफर गरेर उपचार गर्नुपर्ने हुन्छ ।’ तर, च्याउसरी खुलेका दुहबीका पोलिक्लिनिक र फार्मेसीमा विशेषज्ञ चिकित्सकको बोर्ड झुण्ड्याएर सिएमए, अहेव र फर्मासिस्टले उपचार गरेर बिरामीको स्वास्थ्यमाथि खेलवाड गर्ने गरेको अनुगमनको क्रममा भेटिएको हो ।

धेरै वटा फार्मेसी, पोलिक्लिनिक र मेडिकल हलहरूमा अनुगमन गरे पछि धेरैलाई मापदण्ड पूरा गरी प्रक्रियामा ल्याएर सञ्चालन गर्न निर्देशन दिएका थिए ।’ मापदण्ड र नीति, नियम विना सञ्चालन गरेको पोलिक्लिनिक र मेडिकल हलले अटेरी गरे कारबाहीको दायरामा ल्याउने अनुगमन टोलिले बताए ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist