• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

पत्थरीको शल्यक्रियाका लागि भर्ना,बिरामीकोअवस्था गम्भिर भएको भन्दैअस्पताल विरुद्ध उजुरी

काेचिला खबर by काेचिला खबर
01/29/2022
in स्वास्थ्य
83
SHARES
376
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर । पत्थरीको शल्यक्रिया गर्न अस्पताल भर्ना भएकी मोरङको ग्रामथान गाउँपालिका–२ झोराहाटकी प्रमिला कुमारी चौधरी जीवन मरणको दोसाधमा पुगेकी छन् ।

किडनीमा पत्थरी देखिएपछि अपरेशन गर्न गएको माघ ५ गते मोरङको बुढीगंगा–१ स्थित विराट मेडिकल कलेजमा भर्ना भएकी चौधरी मृत्यु शैयामा पुगेकी हुन् । सामान्य अवस्थामा अस्पताल पुगेकी चौधरीलाई अस्पतालका चिकित्सकले यस्तो अवस्थामा पुर्‍याईदिएको आफन्तजनको गुनासो छ । केहीपनि बोल्न र सहजै प्रतिक्रिया जनाउन नसक्ने अवस्थामा पुगेकी २५ बर्षीया चौधरी हाल कोमामा छिन् । अस्पतालले उनी अब दुई चार दिन मात्र बाँच्ने घोषणा नै गरिसकेको छ । उनको पत्थरीको शल्यक्रिया समेत भएको छैन् । पिडित पक्षले शुक्रबार विराट मेडिकल विरुद्ध मोरङ प्रशासनमा दिएको किटानी जाहेरीमा उक्त बिषय उल्लेख गरिएको छ ।

प्रशासनमा परेको जाहेरी अनुसार पेट दुखेपछि गएको पुसको तेश्रो साता ग्रामथान–२ बस्दै आएकी प्रमिला चौधरी आफ्नो श्रीमानसँग चेकजाँचका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज गएकी थिईन् । अस्पतालका चिकित्सक डा. दीपक ठाकुरसँग चेकजाँच गराएपछि उनको दाहिने तर्फको किडनीमा ११.८ र ९ एमएमको दुईवटा पत्थर देखिएको थियो । डा. ठाकुरले उनलाई अपरेशन गर्नुपर्ने सल्लाह दिए । वर्ष दिनअघि पनि देब्रेतिरको किडनीमा पत्थरी देखिएपछि प्रमिलाले सोही अस्पतालबाट सफल शल्यक्रिया गराएकी थिईन् । पछि दाहिने किडनीमा पनि पत्थरी देखिएपछि गएको माघ ५ गते उनी सामान्य अवस्थामा अस्पताल भर्ना भईन् । अस्पतालले उनलाई अपरेशनका लागि भर्ना लियो ।

तर, माघ ५ गते सकुशल अस्पताल भर्ना भएकी उनी माघ ६ गतेदेखि अचानक सिकिस्त हुुन थालिन् । भर्ना भएको २४ घण्टा निबित्दै उनको स्वास्थ्य अवस्था बिग्रन थाल्यो । माघ ६ गते बिहान ९ः३० बजे पत्थरीको शल्यक्रियाका लागि चिकित्सकहरुले उनलाई अपरेशन थिएटर लगेका थिए । तर, शल्यक्रिया नै नगरि दिनको १२ः३० बजे एकाएक चिकित्सकहरुले बिरामीलाई सिपिआर दिनुपर्ने भन्दै उनलाई भेन्टिलेन्टरमा राख्न लगाए । सिपिआर, अर्को उपाय नहुन्जेलसम्मका लागि हृदयघात भएको व्यक्तिमा रक्तसञ्चार र श्वासप्रश्वास सहज बनाउन छातीमा कम्प्रेशनहरु दिने आपतकालीन प्रक्रिया हो । उपचारमा संलग्न सर्जनले सिपिआर दिनुपर्ने बताएपछि बिरामीका आफन्तहरु आत्तिए । आफन्तजनले सोधीखोजी गर्न थालेपछि अस्पतालले बिरामी निको हुन्छ भन्दै नआत्तिन आग्रह ग¥यो । तर, उनको स्वास्थ्य अवस्था झनै जटिल बन्दै गयो ।

हाल, अस्पताल भर्ना भएको ८ दिन बितिसक्दा पनि हाल बिरामी प्रमिलाको स्वास्थ्य अवस्थामा सुधार आएको छैन् । उनी अझै पनि अचेत अवस्थामा अस्पतालमा शैयामा लडिरहेकी छिन् । चिकित्सकले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको आफन्तको गुनासो छ । उनीहरुले बिरामीलाई एनेस्थेसिया (बेहोस पार्ने औषधी) को ओभरडोज दिएको हुनसक्ने आशङ्का गरेका छन् ।

बिरामीको स्वास्थ्य अवस्था झनै बिग्रिएपछि उनका श्रीमान वर्ष ३३ का ज्ञानराम माझीले घटनाको निष्पक्ष छानबिन गरि दोषीलाई कारबाहीको दायरामा ल्याउन शुक्रबार जिल्ला प्रशासन कार्यालय मोरङमा किटानी जाहेरी दिएका छन् । जाहेरीमा विराट मेडिकल कलेज र बिरामीलाई एनेस्थेसिया दिने डाक्टर कनक खनाललाई विपक्षी बनाईएको छ । जाहेरीमा भनिएको छ, ‘माघ ६ गते अपरेशन थिएटरमा लग्नुअघि बिरामीको अवस्था सामान्य थियो । अस्पताल दिएको रिपोर्टमा त्यसबारे उल्लेख छ । तर, अपरेशन नै नगरि बिरामी सिकिस्त हुनुले अस्पतालकोे गलती देखिएको छ ।’

यता, अस्पताल प्रशासनले भने बिरामीको स्वास्थ्य अवस्था बिग्रनु भवितव्य मात्र रहेको दाबी गरेको छ । बिरामीलाई मात्रा अनुसार नै एनेस्थेसिया दिएको भएपनि उनको शरीरले थाम्न नसकेर स्वास्थ्य अवस्था बिग्रिएको अस्पताल प्रशासनका प्रमेशराज देवकोटाले बताए । पिडित पक्ष कानुनी प्रक्रियामा जानु स्वभाविक भएको भन्दै उनले दोषी ठहर भए अस्पताल कानुन बमोजिम कारबाही भोग्न तयार रहेको जानकारी दिए । उनले भने, ‘हजार जनामध्ये १ जनामा मात्र कहिलेकाँही यस्तो समस्या देखा पर्छ । बिरामीको शारिरीक रुपमा कमजोर भएर उनको शरीरले एनेस्थेसियाको न्यूनतम डोज समेत सहन गर्न नसकेको हो ।’

पिडित पक्षको जाहेरी पश्चात शुक्रबार नै मोरङ प्रशासनले मोरङ प्रहरीलाई सत्यतथ्य बुझी घटनाको अनुसन्धानका लागि पत्राचार गरिसकेको छ । बिरामीका आफन्तजनले प्रहरीका साथै राष्ट्रिय मानव अधिकार आयोग, इन्सेक, ग्रामथान गाउँपालिका र नेपाल पत्रकार महासंघलाई समेत घटनाबारे बोधार्थ पठाएका छन् ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist