दुहबी / विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगत अत्यावश्यक हुने गर्दछ ।
रगतको यो अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले आज सुनसरीको दुहबी ३ स्थित संचालनमा रहेको सुनसरी सामुदायिक अस्पतालको आयोजना तथा बिराटनगरको नेपाल रेडक्रस प्राविधि सहयोगमा वृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
उक्त रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेको
सुनसरी सामुदायिक अस्पतालका संचालक सन्तोष कुमार सिंहले बताए ।
रगतको चरम अभावको समाचारहरु आइरहेको र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समेत सामाजिक संघसंस्थाहरुलाई सुरक्षित तरिकाले रक्तदान कार्यक्रम आयोजना गर्न गरेको आग्रह अनुरुप कोभिड १९ को संक्रमणको यो जोखिमको बेलामा पनि रक्तदान कार्यक्रमको आयोजना गरेको सिंहले बताए ।





