एलएन गच्छदार (मोरङ )
प्रदेश १ मोरङको ग्रामथान गाउँपालिका वडा ७ मा रहेको आधारभुत वडा स्वास्थ्य केन्द्रमा कोरोना भाइरस विरुद्धको खोपमा अनियमिता भएको आरोपमा स्थानिय आक्रोशित भएका छन।
वडालाई समन्वय नगरी आफू मनपरी सो आधारभुत वडा स्वास्थ्य केन्द्रका प्रमुख ज्ञाननाथ भट्टराईले आफन्त र नाताबाद र छिमेकी पालिकालाई खोप लगाएर राजनितिकरण गर्न खोजेको स्थानिय सुर्यनारायण चौधरीले आरोप लगाउदै आक्रोश पोखेका छन।
त्यस्तै सो स्वास्थ्य चौकीका ब्यबस्थापन समिति अध्यक्ष तथा सोही वडाका अध्यक्ष रमेश कुमार चौधरीलाई समेत कति खोप आएको भन्ने थाहा नभएको अध्यक्ष चौधरी बताए। आफुहरुलाई केही जानकारी नदिएको समेत चौधरीले बताए।
स्थानीयहरु बिहान ९:०० बजे आएपनि कार्यालय खोल्ने समय १०:०० बजे हो तर स्थानीय घन्टौ पर्खिदा पनि खोप लगाउन पाएका थिएन्न भने स्थानीयहरुको आरोप छ ।
स्थानिय एक ६० बर्षिया बृद्धबृद्धा दम्पति पहिलो लटमा लगाउन नपाएपछि यस पटक पाउने आशा पलाएर स्वास्थ्य चौकी आए तर कर्मचारीको मनोमानीले लगाउन नसकिने दुखेसो पोखे ।
स्वास्थ चौकीका ब्यबस्थापन समिति सदस्य रहेका पखुलाल बिश्वासले समेत कर्मचारी नै दोषी रहेको भन्दै सेवाग्राहीलाई समयमा सेवा नदिएको र मोबाइल चलाएर बस्ने गरेको आरोप समेत लगाए।
कर्मचारीको यस्तो हबिगत देख्दा दु:खद भएको भन्दै सहुलित सेवा पाउनु पर्ने जोड स्थानिय दिल पोखरेलको रहेको छ।
सो बिषयमा सोहि वडाका आधारभुत स्वास्थ्य शाखा केन्द्र प्रमुख ज्ञाननाथ भट्टराई संग बुझदा आफुले ४५ बर्ष भन्दा माथिको लाई खोप लगाएको र बिदेश जाने र शिक्षक, स्वास्थ्यकर्मी कर्मचारी हकमा खोप लगाएको भट्टराईले बताए
भट्टराईका अनुसार खाली समयमा कर्मचारीले मोबाइल चलाउन सक्छ्न तर हामी जनताकै सेवाको लागि अहोरात्र खट्ने गरेको र स्थानीय बाट लागेका सबै आरोप निराधार रहेको बताए ।
छिमेकी पालिकाका जनतालाई समेत खोप लगाएको समेत गुनासो स्थानियले आरोप लगाएका छन। स्थानीय एक महिलाले भनिन मेरो श्रीमानको उमेर ३८ बर्ष, उनले एकदिन अगाडि खोप लगाए तर मैले आज पाइन भन्ने गुनासो समेत पोखिन।
सोही बिषयमा बुझ्न सो वडाका अध्यक्ष रमेश कुमार माझी, गाउँपालिका उपाध्यक्ष फुलकुमारी चौधरी, प्रशासकीय प्रमुख गणेश बहादुर कार्की लगयातले अनुगमन गर्न पुगेका थिए ।
स्थानिय जनताको आक्रोश र गुनासो सुन्दा गाँउपालिका उपाध्यक्ष फुलकुमारी चौधरीले आफू जनताकै सेवा गर्नका लागि जनप्रतिनिधि भएको गलत गर्ने कर्मचारीलाई छानबिनको दायरामा ल्याउने र गलत गर्नेलाई कानुन अनुसार कारबाही गर्ने बताइन।
उता प्रशाकिय प्रमुख गणेश बहादुर कार्की भने अहिले सम्म गाउँपालिकामा यस्तो घटना नभएको र यदि कर्मचारीले दुरुपयोग गरेको देखिएमा कारबाही गर्ने बताए। प्रशासकीय प्रमुख कार्कीले वडा स्वास्थ्य केन्द्रका प्रमुख भट्टराईसँग तत्काल स्पष्टिकरण माग गरेको छ।
अर्को तर्फ भने छिट्टै नै ब्यबस्थापन समितिको बैठक बोलाएर छानबिन सुरु गर्ने भएको छ। उक्त वडामा ४५ बर्ष माथिका लागि ४५० खोप आएको हो।





