• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

औषधि पसल संचालको बदमासि लाइसेन्स भाडामा लिएर पसल संचालन गरेको भन्दै औषधी विभागद्वारा सिल

काेचिला खबर by काेचिला खबर
09/28/2021
in स्वास्थ्य
125
SHARES
568
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / औषधी व्यवस्था विभाग विराटनगरले दर्ता बिना तथा अर्काको लाइसेन्स भाडामा लिएर सञ्चालित औषधि पसल सिल गरेको छ ।

आईतबार अनुगमनका क्रममा सुनसरीको बराहक्षेत्रमा एरियामा दर्ता बेगरै सञ्चालित पसलहरु विभागले सिल गरेको हो । विभागका निमित्त प्रमुख सन्जिव शर्मा कट्टेलको नेतृत्वमा खटिएको टोलीले आईतबार बराहक्षेत्रका औषधी पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा टोलीले बराहक्षेत्र ३ की सबिना राईको नाममा रहेको औषधि पसल, उतिम लाल साहुको नाममा रहेको मनकामना स्वास्थ्य उपचार क्लिनिक, उनदिप चौधरीको नाममा रहेको औषधी पसल र बराहक्षेत्र ५ की सरिता ठाकुरद्धारा सञ्चालित शम्भु मेडिकल हल दर्ता बेगरै सञ्चालन रहेको फेला पारेको थियो । अनुगमनको क्रममा विभागले लाईसेन्स भाडामा लिएर फार्मासिस्टको अनुपस्थितमा फार्मेसी सञ्चालन गरिरहेको २ औषधी पसललाई समेत सिल गरेको छ

अनुगमनमा विभागले औषधी उद्योगमा कार्यरत राज कट्टेलको लाईसेन्स प्रयोग गरि इटहरी १७ मा सञ्चालन हुँदै आएको एलिना फार्मेसी पनि सिल गरेको छ । यसका साथै बराहक्षेत्र ५ का प्रमोद कुमार साह तेलिद्धारा सञ्चालित कामना फार्मेसी पनि फार्मासिस्ट अरबिन्द कुमार अग्रहरिको लाईसेन्स प्रयोग गरि सञ्चालन रहेको पाईएपछि विभागले सो फार्मेसी पनि सिल गरेको छ ।

फार्मेसीमा भने बिना दर्ताका यौनबर्धक औषधि समेत भेटिएको विभागले जनाएको छ । विभागका अनुसार अनुगमनका क्रममा मदिरा पसल र फार्मेसी एउटै सटरमा सञ्चालन गरिएको समेत फेला परेको छ ।

लाइसेन्स भाडामा लगाएर अन्यत्र काम गर्ने फार्मासिस्टमाथि कारबाहीको तयारी

चालु आर्थिक वर्षमा बिना दर्ता अवैधानिक रुपमा सञ्चालित फार्मेसीहरुको अनुगमन तथा निरिक्षणका लागि औषधी व्यवस्था विभागले टीम तयार गरि बिशेष अभियान चाल्ने भएको छ ।

नियम विपरित सञ्चालित औषधी पसलहरुको नियमनका लागि विभागले अभियान चाल्ने रणनिति बनाएको हो । विभागको प्रदेश १ र २ को कार्यक्षेत्रभित्र रहेका फार्मेसी, औषधी उद्योग तथा फार्मेसी बिषयको अध्ययन अध्यापन हुने कलेजहरुबाट फार्मासिस्टको यकीन विवरण संकलन गरि अनलाइन माध्यमबाट काउन्सिल नम्बर सहित रुजु गर्ने विभागले तयारी गरेको हो ।

यसरी क्रसचेक गर्र्दा लाइसेन्स भाडामा लगाईएको पाईए सम्बन्धित उपर कठोर कदम चालिने औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख सन्जिव शर्मा कट्टेलले बताए । लाइसेन्स भाडामा लगाएर सम्बन्धित स्थानमा कार्य नगरेको भेटिए सम्बन्धित फार्मासिस्टलाई कालो सुचीमा राख्ने तयारी रहेको उनले जानकारी दिए ।

कलेजमा अध्ययन अध्यापन गराई फार्मेसीमा नबस्ने तथा उद्योगमा काम गरेर लाइसेन्स अन्यत्रै भाडामा लाउने फार्मासिस्ट उपर पनि आवश्यक कारबाहीका लागि फार्मेसी परिषदमा सिफारिश गर्ने विभागको तयारी छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist