• About
  • Advertise
  • Privacy & Policy
  • Contact
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
सबै नतिजा हेर्नुहाेस्
Kochilakhabar

औषधि पसल संचालको बदमासि लाइसेन्स भाडामा लिएर पसल संचालन गरेको भन्दै औषधी विभागद्वारा सिल

काेचिला खबर by काेचिला खबर
अशोज १२, २०७८
in स्वास्थ्य
112
SHARES
507
VIEWS
Share on FacebookShare on Twitter

विराटनगर / औषधी व्यवस्था विभाग विराटनगरले दर्ता बिना तथा अर्काको लाइसेन्स भाडामा लिएर सञ्चालित औषधि पसल सिल गरेको छ ।

आईतबार अनुगमनका क्रममा सुनसरीको बराहक्षेत्रमा एरियामा दर्ता बेगरै सञ्चालित पसलहरु विभागले सिल गरेको हो । विभागका निमित्त प्रमुख सन्जिव शर्मा कट्टेलको नेतृत्वमा खटिएको टोलीले आईतबार बराहक्षेत्रका औषधी पसलहरुको अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा टोलीले बराहक्षेत्र ३ की सबिना राईको नाममा रहेको औषधि पसल, उतिम लाल साहुको नाममा रहेको मनकामना स्वास्थ्य उपचार क्लिनिक, उनदिप चौधरीको नाममा रहेको औषधी पसल र बराहक्षेत्र ५ की सरिता ठाकुरद्धारा सञ्चालित शम्भु मेडिकल हल दर्ता बेगरै सञ्चालन रहेको फेला पारेको थियो । अनुगमनको क्रममा विभागले लाईसेन्स भाडामा लिएर फार्मासिस्टको अनुपस्थितमा फार्मेसी सञ्चालन गरिरहेको २ औषधी पसललाई समेत सिल गरेको छ

अनुगमनमा विभागले औषधी उद्योगमा कार्यरत राज कट्टेलको लाईसेन्स प्रयोग गरि इटहरी १७ मा सञ्चालन हुँदै आएको एलिना फार्मेसी पनि सिल गरेको छ । यसका साथै बराहक्षेत्र ५ का प्रमोद कुमार साह तेलिद्धारा सञ्चालित कामना फार्मेसी पनि फार्मासिस्ट अरबिन्द कुमार अग्रहरिको लाईसेन्स प्रयोग गरि सञ्चालन रहेको पाईएपछि विभागले सो फार्मेसी पनि सिल गरेको छ ।

फार्मेसीमा भने बिना दर्ताका यौनबर्धक औषधि समेत भेटिएको विभागले जनाएको छ । विभागका अनुसार अनुगमनका क्रममा मदिरा पसल र फार्मेसी एउटै सटरमा सञ्चालन गरिएको समेत फेला परेको छ ।

लाइसेन्स भाडामा लगाएर अन्यत्र काम गर्ने फार्मासिस्टमाथि कारबाहीको तयारी

चालु आर्थिक वर्षमा बिना दर्ता अवैधानिक रुपमा सञ्चालित फार्मेसीहरुको अनुगमन तथा निरिक्षणका लागि औषधी व्यवस्था विभागले टीम तयार गरि बिशेष अभियान चाल्ने भएको छ ।

नियम विपरित सञ्चालित औषधी पसलहरुको नियमनका लागि विभागले अभियान चाल्ने रणनिति बनाएको हो । विभागको प्रदेश १ र २ को कार्यक्षेत्रभित्र रहेका फार्मेसी, औषधी उद्योग तथा फार्मेसी बिषयको अध्ययन अध्यापन हुने कलेजहरुबाट फार्मासिस्टको यकीन विवरण संकलन गरि अनलाइन माध्यमबाट काउन्सिल नम्बर सहित रुजु गर्ने विभागले तयारी गरेको हो ।

यसरी क्रसचेक गर्र्दा लाइसेन्स भाडामा लगाईएको पाईए सम्बन्धित उपर कठोर कदम चालिने औषधी व्यवस्था विभाग विराटनगरका निमित्त प्रमुख सन्जिव शर्मा कट्टेलले बताए । लाइसेन्स भाडामा लगाएर सम्बन्धित स्थानमा कार्य नगरेको भेटिए सम्बन्धित फार्मासिस्टलाई कालो सुचीमा राख्ने तयारी रहेको उनले जानकारी दिए ।

कलेजमा अध्ययन अध्यापन गराई फार्मेसीमा नबस्ने तथा उद्योगमा काम गरेर लाइसेन्स अन्यत्रै भाडामा लाउने फार्मासिस्ट उपर पनि आवश्यक कारबाहीका लागि फार्मेसी परिषदमा सिफारिश गर्ने विभागको तयारी छ ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

सम्बन्धित- खबरहरू

९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

९८ प्रकारका औषधि निःशुल्क दिने कार्यक्रम सफल भएन आमा प्रोत्साहन भत्ता कार्यक्रम सफल

मंसिर १७, २०८०
चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन समावेश गर्नुपर्ने यी खानेकुरा

चिसो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन समावेश गर्नुपर्ने यी खानेकुरा

मंसिर १६, २०८०
भद्रगोल भयो स्वास्थ्य बीमा कार्यक्रम

भद्रगोल भयो स्वास्थ्य बीमा कार्यक्रम

कार्तिक ८, २०८०
सुनसरी लगायत दुहबीमा पनि फैलियो आँखा पाक्ने रोग, कसरी जोगिने ?

सुनसरी लगायत दुहबीमा पनि फैलियो आँखा पाक्ने रोग, कसरी जोगिने ?

साउन १८, २०८०
दुहबीमा फार्मेसीको सिफारिस लिएर पोक्लिनिक सञ्चालन गरी  बिरामीलाई ठगी गर्दै ।

दुहबीमा फार्मेसीको सिफारिस लिएर पोक्लिनिक सञ्चालन गरी बिरामीलाई ठगी गर्दै ।

साउन १४, २०८०
दुहबीमा भोलीदेखि डेँगु रोग नियन्त्रणका लागी ‘खोज र नष्टगर अभियान सन्चालन हुने ।

दुहबीमा भोलीदेखि डेँगु रोग नियन्त्रणका लागी ‘खोज र नष्टगर अभियान सन्चालन हुने ।

साउन १०, २०८०

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

हामीसँग फेसबुकमा जाेडिनुहाेस्

ताजा समाचार

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

मंसिर २३, २०८०
गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

मंसिर २३, २०८०
सुन्दरहरैचामा ट्रकको ठ १ जनाको मृत्यु २ जना घाईते

सुन्दरहरैचामा ट्रकको ठक्कर बाट मोटरसाइकल चालको मृत्यु २ जना घाईते ।

मंसिर २३, २०८०
दुहबी ९ मा आगलागीबाट लाखौँको क्षति ।

दुहबी ९ मा आगलागीबाट लाखौँको क्षति ।

मंसिर २२, २०८०
यसरी पास भएका थिए चौधरी ग्रुपको नाममा करोडौ मुल्यको सरकारी जग्गा ५० हजारमा ।

यसरी पास भएका थिए चौधरी ग्रुपको नाममा करोडौ मुल्यको सरकारी जग्गा ५० हजारमा ।

मंसिर २१, २०८०

सबैभन्दा बढी पढिएकाे

  • दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    दुहबीमा ५ दिन देखि बेपत्ता भएका यूवकको शव फेला, हत्यारा पक्राउ

    1244 shares
    Share 498 Tweet 311
  • दुर्घटनामा परेर दुहबीका हरेराम साह र राजकुमारी चौधरीको मृत्यु, १२ जना घाइते

    1062 shares
    Share 425 Tweet 266
  • आज देखि २ हप्ताकालागि दुहबी लकडाउन, दुहबीनगरपालिकाको कार्यालय एक हप्ताका लागि सिल

    780 shares
    Share 311 Tweet 194
  • ईटहरीका एक युवाको दुहबीमा रहस्यमय मृत्यु

    571 shares
    Share 228 Tweet 143
  • इटहरी विद्युत प्राधिकरणले लापरवाही गरेको भन्दै स्थानीय त्रसित

    551 shares
    Share 220 Tweet 138

काेचिला खबर दैनिक पत्रिकाकाे सह-प्रकाशन

Kochilakhabar

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

Follow Us

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
सबै नतिजा हेर्नुहाेस्

ताजा समाचार

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

दुहबीमा श्री गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न

मंसिर २३, २०८०
गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

गणेश सहकारीको दोस्रो साधारण सभा सम्पन्न, निक्षेप करिब ४० लाख नाघ्यो

मंसिर २३, २०८०

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
सबै नतिजा हेर्नुहाेस्
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Login to your account below

Forgotten Password?

Fill the forms bellow to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist