दुहबी /सुनसरीको दुहबी स्थित कोशि राजमार्ग सडक मर्मत तथा निर्माणको माग गर्दै दुहबीका स्थानीयवासीले आईतबार बिहान आधा घन्टा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन्।
वर्षातको समय अघिदेखि नै सडक बिभाग लाई सो बीषयमा पटकपटक जानकारी गराउदा समेत कुनै सुनुवाइ नगरी सडक मर्मत नगरेको भन्दै स्थानीयवासीले सडक जाम गरी प्रदर्शन गरेका हुन् ।
आइतबार दुहबी नगरपालिका वडा नम्बर–३ स्थित कोशि राजमार्ग धरान बिराटनगर जाने सडकमा स्थानीय युवा र केही व्यापारीहरुले सडक बिभागको कार्यालयविरुद्ध नाराबाजी गर्दै सडक अवरुद्ध गरेका हुन् । सडक अबरोध हुँदा एम्बुलेन्सपनि जाममा फसेको थियो।
दुहबीको धरान बस स्टेन देखि डांगा चौक सम्म क्षेत्रको सडक १ बर्स देखि मर्मत नगरेको भन्दै स्थानीयवासीले प्रदर्शन गरेका छन् । यस सडकको अवस्था दयनीय रहेको र हल्का वर्षामा पनि करिब ४ फिटसम्म सडकमै पानी जम्ने गरेको र सुखा समयमा धुवाँ धुलोले गर्दा आवातजावतमा पूर्ण अवरोध तथा समस्याहरु झेल्दै आइरहेको भन्दै स्थानीय युवा तबरेज हुसेनले बाध्यतावश सडक जाम गर्नुपरेको बताए ।
सडक अबरोध गरेपछि नेपाल प्रहरी,ट्राफिक प्रहरी र स्थानीय केही सरोकारवलाबिच सडक मर्मत गर्न सडक बिभागसंग पहल गरिदिने कुरो भएपछि सडक अबरोध हटेको थियो। उता सो सडक मर्मतको बिषयमा सडक बिभागको ६ लेन आयोजना प्रमुख बद्रि प्रसाद शर्माले ६ लेन सडकको दुहबीमा २ किलोमिटर सडक निर्माणकार्य गर्ने योजना रहेता पनि केही स्थानीयले ६ लेन सडक बिस्तार गर्न घर संरचना न हटाएकोले पटकपटक सडक मर्मत गर्न बजेट न रहेको बताएका थिए।