दुहबी / सरकारी तथ्यांक अनुसार अहिले कोरोना महामारी मत्थर हुँदै गएको छ । तर कोरोनाको लक्षणसँग मिल्दोजुल्दो स्वास्थ्य समस्याले सुनसरी दुहबीको गाउँ गाउँमा धेरैलाई सताउन थालेको छ ।

रुघा, खोकी, ज्वरो, शरीरको दुखाइ जस्ता लक्षण देखिएका छन् । जबकि, स्वास्थ्य परीक्षणको क्रममा उनीहरुमा कोरोना भाइरसको संक्रमण देखिँदैन ।
अहिले दुहबीको गाउँ घरका स्थानीय हरुमा धेरैलाई रुघा खोकीसँगै ज्वरोको समस्या देखिएको छ । तर, परीक्षण गर्दा उनीहरुमा कोरोना देखिँदैन ।
स्थानीय नुरझा खातुनको भनाइ अनुसार पहिला पनि मौसमी फ्लुको बिरामीको कारण बिरामी हुन्थे तर दबाइ खाए पछि पुन फेरि यस्तो समस्या चांडो आउदैन थियो अहिलेत दबाई खाएर पनि केही दिन निको हुन्छु पछि पुन बिरामी दोहोरीने समस्याले हैरान भएको छु ।
यता दुहबीको विभिन्न स्वास्थ्य संस्था , मेडिकल , स्वास्थ्य चौकि , अस्पतालमा मौसमी फ्लुको बिरामी बढेको स्वास्थ्य कर्मि हरु बताउछन । दुहबी ७ स्वास्थ्य चौकीका ईन्चार्ज तथा जनता मेडिकलका संचालक सुराम खां थारु भन्छन कोरोनासँग मिल्दोजुल्दो मौसमी फ्लुको बिरामी दिन्हु १५ देखि २० जना सम्म उपचार गर्न आउने गरेको बताए ।





