विराटनगर / विराटनगरका दुई ठूला अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । विराटनगरको नोबेल मेडिकल कलेज र कोशी अस्पताल अगाडीदेखि १० जना बिचौलियालाई प्रहरीले मंगलबार राती पक्राउ गरेको हो ।
नोबेल अगाडीदेखि ७ र कोशी अस्पताल अगाडीदेखि ३ जनालाई पक्राउ गरेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी दिए । नोबेल अगाडीदेखि पक्राउ पर्नेमा कृपा फार्मेसीका मोहमद समिर, सुजित यादव, यूनि कियर फार्मेसीका रोशन गुप्ता, दाजु भाइ फार्मेशीका अमित यादव, क्याटलाइसेस फार्मेशीका मोहमद सिराद, एपी फर्मेशीका फिरोज रोय र अलि फार्मेशीको विश्वास मण्डल रहेका छन् । नोबेल अगाडीदेखि पक्राउ परेका फार्मेशीकामा काम गर्ने हुन् । यस्तै कोशी अस्पताल अगाडीदेखि श्रीराम चौधरी, सुर्यनारयण यादव र मो. जली रहेको प्रहरीले जनाएको छ । उनीहरू कुन फार्मेशीको रहेको खुलेको छैन ।
ठूला हस्पिटल जान लागेका बिरामीलाई बीचमै विभिन्न आश्वासन देखाएर कमिसन पाउने लोभमा पक्राउ परेकाले क्लनिक र अस्पतालमा लैजाने गरेको एसपी जिसीले बताए । ‘पक्राउ परेकाहरूले अस्पताल अगाडी बसेर विभिन्न बहाना बनाउने आफु अनुकुलको अस्पतला पु¥याउने र औषधी किन्न पनि फार्मेशी लैजाने गरेको देखिएको छ ।





