दुहबी / सुनसरीको जिल्ला अस्पताल इनरुवाको ओपिडी पुर्जा हातमा बोकेको अवस्थामा कोसी अस्पतालको ओपिडी भवनमा रहेको शौचालयमा मङ्गलबार दिउँसो साढे १ बजेतिर शव भेटिएको हो
ओपिडी पुर्जामा लेखिएअनुसार मृत भेटिएका पुरुष सुनसरीको इनरुवा नगरपालिका–३ का ६१ वर्षीय होमराज पोखरेल रहेको प्रहरीले जनाएको छ ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले मृतक सुनसरीबाट थप उपचारका लागि कोसी अस्पताल आएको हुनसक्ने बताए । साथमा मधुमेह लगायतका रोगका औषधि पनि फेला परेको छ ।
घोप्टो परेर लडिरहेको अवस्थामा पुरुषलाई मृत फेला पारिएको र घटनाका बारेमा अनुसन्धान थालिएको डिएसपी श्रेष्ठले बताए
उनका अनुसार मृतकका कोही पनि आफन्त सम्पर्कमा आएका छैनन् । शवलाई पोस्टमार्टम गृहमा राखिएको प्रहरीले जनाएको छ ।





