• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

गोल्डेलअस्पतालमा डाक्टरको लापार्बाहीले खुट्टा भाँचिएको बिरामीको मृत्यु भएको आफन्तको आरोप ।

बढी रक्तश्राव र सयमै रगत नहुदा विरामी बचाउँन सकिएन: अस्पताल

काेचिला खबर by काेचिला खबर
08/21/2021
in स्वास्थ्य
68
SHARES
309
VIEWS
Share on FacebookShare on Twitter

गोल्डेलअस्पतालमा डाक्टरको लापार्बाहीले खुट्टा भाँचिएको बिरामीको मृत्यु भएको आफन्तको आरोप ।

विराटनगर । विराटनगर हस्पिटल चौकमा रहेको गोल्डेन अस्पतालमा चिकित्सकको लापार्बाहीका कारण दुर्घटनमा परी घाईते भएका बिरामीको मृत्यु भएको भन्दै अस्पतालमा तनावग्रस्त बनेको छ । विराटनगर ७ मिलन चोकका ५२ वर्षिय जनक सिंह बस्नेतको गएराती बिहीबार ७ बजेमृत्यु भएपछि अस्पताल तनाबग्रस्त बनेको हो ।

बिहीबार दिउँसो १ बजेतिर मिलन चोकबाट पैदल हिँडेर घर जाँदै गरेका बस्नेतलाई ना ७ छ ३१३ नं. को ग्याँस बोक्ने कन्टेनरले ठक्कर दिएको थियो । दुर्घटनामा घाइते भएका बस्नेतलाई उपचारका लागि गोल्डेन अस्पतालको आकस्मिक कक्षमा राखियो । पछि थप उपचारको लागि आसियूमा भर्ना गरियो ।
दिउँसो सामान्य अवस्था रहेपनि साँझ सिकिस्त भएकाले अस्पतालले तत्काल रगत लिएर आउन भनेको र रगत लिएर आइपुगदा मृत्यु भइसकेको चिकित्सकले बताएको मृतकका दाजु पुष्पराज बस्नेतले जानकारी दिए ।

‘दिउँसोसम्म राम्रो भएको र चिकित्सकले हप्तादेखि १० दिनभित्रमा विरामीलाई डिस्चार्ज दिने भनेको थियो । बिहीबार साझतिर एक्कासी मलाई दुई पाउन्ट रगत आवश्यक पर्यो भनेर जानकारी आएपछि मैले रगत बोकेर अस्पताल पुग्दा विरामीको मृत्यु भएको जानकारी आयो,’ मृतकका दाजु बस्नेतले भने, ‘दिउँसोसम्म ठिक भएको भाइको साझतिर मृत्यु भयो भन्दा पत्याउन गाह्रो भयो ।’ उनले हस्पिटल र चिकित्सकको लापरवाहीले भाइको मृत्यु भएको आरोप लगाए ।
‘अहिले रगत समयमै ल्याउन नसक्दा विरामीको मृत्यु भएको भन्दै आएको छ । दिउँसो दुर्घटना हुने बित्तिकै हामीले चिकित्सकले केही भनेन,’ उनले भने, ‘बेलैमा रगतको व्यवस्था गर्नु भनेको भए हामीले रगतको जोहो गर्ने थियौं । यो सरासर अस्पताल र चिकित्सकको लापरवाहीले भाइको मत्यु भयो ।

उनले भाईको दुर्घटनामा परेर देब्रे खुट्टा भाँचिएको र हातमा थोरै चोट लागेकाले साँझसम्म अवस्था सामान्य रहेपनि अस्पतालको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाए । ‘दिउँसो दुर्घटना भएपनि मैले नै हस्पताल लगेर एडमिट गरेको हुँ । अस्पताल पुर्याएपछि डाक्टरले देब्रे खुट्टा भाँचिएको छ, भर्ना गर्नुपर्छ भनेर आइसियुमा राख्नुभयो ।’
बस्नेतले अस्पतालको लापरवाहीका कारण मृत्यु भएकाले उपचारमा लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारवाही गरिनुपर्ने माग राखेका छन् । लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारवाही नभएसम्म शव नलाग्ने पक्षमा विरामीका आफन्त रहेका छन् । ‘उपचारमा लापरवाही गर्ने चिकित्सक र अस्पताललाई कारवाहीको लागि स्थानिय प्रशासनले छानविन टोली गठन गरिनु पर्दछ,’ मृतकका दाजु पुष्पराजले भने । उनीहरूले भाइलाई ठक्कर दिने गाडीको साहु र अस्पताल प्रशासन मिलेमतो गरेर मारेको गम्भिर आरोप पनि लगाएका छन । ‘त्यसैले यस घटनामा छानविन टोली गठन गरि छानविन हुनुपर्दछ,’ उनले भने ।

बढी रक्तश्राव र सयमै रगत नहुदा विरामी बचाउँन सकिएन: अस्पताल

यता गोल्डेन अस्पतालका प्रसासकिय अधिकृत सन्तोष मेहताले दुर्घटना भएकोले विरामीको ब्लिडिङ्ग बढी भएको र समय मै रगत पाउन नसक्दा विरामीको मृत्यु भएको बताए । ‘दुर्घटनामा गम्भिर चोट लागेका कारण बढी ब्लिडिङ्ग भएको रहेछ उनले भने, ‘विरामीका आफन्तले समयमै रगत उपलब्ध गराउन सक्नु भएको रहेनछ । त्यसैले रगत अभाव भएको कारण विरामीलाई बचाउन सकिएन ।’
बिरामीको स्वास्थ्य उपचार अस्पतालका वरिष्ठ हड्डी तथा नशा रोग विशेषज्ञ डा. शिव अधिकारीले गरेका थिए ।

तोडफोड हुन नदिन ठूलो संख्यामा प्रहरी
विरामीको मृत्यु भएपछि मृतकका आफन्तले अस्पतालमा तोडफोडको प्रयास गरेका थिए । विरामीको मृत्यु भएपछि तनाग्रस्त बनेको अस्पताल तोडफोड हुन नदिन मोरङ प्रहरीले ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो । मोरङ प्रहरीले वान टन ठूलो गाडी र तीन वटा प्रहरीको भेनमा प्रहरी परिचालन गरेको थियो ।

यस अघि गत साउन १८ गते मोरङको धनपालथान गाउँपालिका–६ का अमहद हुसेनको उपचारका क्रममा मृत्यु भएको थियो । पिलोको उपचार गर्दा चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै कर्मचारीहरुलाई कुटपिटसमेत गरेका थिए

आफन्तद्धारा सडक अवरोध
विराटनगर ७ मिलन चोकका ५२ वर्षिय जनक सिंह बस्नेतको गएराती बिहीबार ७ बजेमृत्यु भएपछि मृतकका आफन्तले सडकमा आउजाउ गर्नमा रोक लगाएका छन् । अस्पतालको लापाबाहीका कारण मृत्यु भएको भन्दै विराटनगर ८ स्थित नेपाल राष्ट्र बैंक पुर्व आरके मोडमा बास तेर्साएर सडक अवरोध गरेका छन् ।

अस्पतालका चिकित्सकलाई कारबाहीको माग र सडक चाडो भन्दा चाँडो मर्मत गर्न दवाब दिदै आफन्तले दिउँसो सो सडक खण्ड अवरोध गरेका थिए । आवर बिराटनगर बाट साभार

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist