बिहीबार प्रदेश १ मामात्र एक हजार १०४ जना कोरोना संक्रमित थपिए । बिहीबार ११५ जना संक्रमितलाई आईसीयूमा राखेर उपचार गरिएको छ, जसमा ४६ जनालाई भेन्टिलेटरमा राखिएको छ ।
बुधबार प्रदेशमा एक हजार १८० जना नयाँ संक्रमित थपिएका थिए । त्यस दिन ९२ जना आईसीयूमा थिए, जसमध्ये ३७ जनालाई भेन्टिलेटरमा राखिएको थियो ।
केही दिन यता कोरोना संक्रमितको संख्या बढ्दो क्रममा छ । त्यसमा पनि सिकिस्त खालका बिरामीको संख्या पनि बढ्दै छ प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयको पछिल्लो साताको तथ्याङ्क हेर्दा कोरोना संक्रमितको संख्या पुनः बढ्दै गएको पुष्टि गर्छ ।
संक्रमितको संख्या बढेसँगै आइसीयू तथा भेन्टिलेटरमा राख्नुपर्ने बिरामीको संख्या पनि बिस्तारै उकालो लाग्न थालेको छ ।
एक साताको तथ्याङ्क यस्तो छ ।
साउन ७ – ४५८ संक्रमित, ३१ जना आइसीयू (१७ जना भेन्टिलेटरमा), मृत्यु ५ जना
साउन ८ – ८४७ संक्रमित, ३६ जना आइसीयू (२१ जना भेन्टिलेटरमा), मृत्यु ८ जना
साउन ९ – १,०९१ संक्रमित, ४२ जना आइसीयू (२४ जना भेन्टिलेटरमा), मृत्यु ८ जना
साउन १० – ६७३ संक्रमित, ५१ जना आइसीयू (२९ जना भेन्टिलेटरमा), मृत्यु ९ जना
साउन ११ – ५४२ संक्रमित, ६३ जना आइसीयू (३४ जना भेन्टिलेटरमा), मत्यु ८ जना
साउन १२ – १,२७० संक्रमित, ७६ जना आइसीयू (३७ जना भेन्टिलेटरमा), मृत्यु ९ जना
साउन १३– १,१८० संक्रमित, ९४ जना आइसीयू (३९ जना भेन्टिलेटरमा), मृत्यु १४ जना
साउन १४ – ११०४ संक्रमित, ११५ जना आइसीयू (४६ जना भेन्टिलेटरमा), मृत्यु ६ जना
१४ जिल्ला रहेको प्रदेशमा सबैभन्दा बढी तराईका जिल्ला झापा, मोरङ र सुनसरी कोरोना संक्रमणबाट नराम्ररी प्रभावित हुँदै गएका छन् । यी जिल्लामा दैनिक नयाँ संक्रमितको संख्या थपिने क्रमसँगै अस्पतालका शय्याहरु पनि भरिँदै गएका छन् ।





