इटहरी / कर शाखाको कर्मचारीलाई औषधि विज्ञको रुपमा खटाएर अनुगमनका नाममा इटहरी उपमहानगरपालिकाले जथाभावी गरेको भन्दै औषधि व्यवसायीहरु आन्दोलित बनेका छन ।
१९ ज्येष्ठमा उपमेयरको नेतृत्वमा रहेको इटहरी उपमहानगरपालिकाको अनुगमन टोलीले म्याद गुज्रिएका औषधि राखेको भन्दै ४ वटा औषधि पसल शिल गरेको थियो ।
औषधि व्यवसायी संघले औषधि व्यवस्था विभागको प्रतिनिधि बिना गरिएको उपमेयर नेतृत्वको अनुगमन टोलीबाट औषधि व्यवसायी मर्कामा परेको उल्लेख गर्दै विना विज्ञ अनुगमन गरी निर्दोष व्यवसायीलाई दुख दिएको भन्दै औषधि व्यवसायीले बिहिवार १ बजे भित्र सिल गरेका औषधि पसल नखोले इटहरी भरका औषधि पसल अनिश्चितकालीन बन्द गर्ने चेतावनी समेत दिएका छन ।
औषधि व्यवसायी संघले अनुगमन गर्दा औषधि व्यवसायी संघको प्रतिनिधिलाई समेत समावेश गर्नुपर्ने माग गर्दै कोभिड संकटका कारण औषधि व्यवसायीका समस्या बुझि समाधानका लागि पहल गर्नुपर्ने तथा अब उप्रान्त यस किसिमको निन्दनीय कार्य नदोहोर्याउने प्रतिबद्धता समेत औषधि व्यवसायीले इटहरी उपमहानगरपालिकाबाट खोजेका छन ।