• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

मोरङका तीन अस्पतालमा दुहबीका १ सहित ६ सङ्क्रमितको मृत्यु

काेचिला खबर by काेचिला खबर
05/10/2021
in स्वास्थ्य
190
SHARES
862
VIEWS
Share on FacebookShare on Twitter

 
विराटनगर / मोरङमा आज (सोमबार) बिहान तीन घण्टाको अवधिमा कोरोना भाइरस सङ्क्रमित छ जनाको मृत्यु भएको छ ।

विभिन्न अस्पतालमा उपचार गराइरहेकामध्ये दुई वृद्धासहित तीन महिला र तीन पुरुषको मृत्यु भएको हो । बूढीगङ्गा गाउँपालिकाको विराट शिक्षण अस्पतालमा तीन, विराटनगरको नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एक सङ्क्रमितको मृत्यु भएको हो । मृतकमध्ये पाँच जना प्रदेश १ र एक जना प्रदेश २ का बासिन्दा हुन् ।

न्युरो अस्पतालमा विराटनगर महानगरपालिका–११ की ६७ वर्षीया वृद्धा महिलाको बिहान ५ः५० बजेतिर मृत्यु भएको छ । उपचारकै क्रममा उनको मृत्यु भएको हो । पीसीआर परीक्षण गराउँदा कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि आइतबार अस्पताल भर्ना गरिएको थियो । अस्पतालका अनुसार मृतकमा श्वासप्रश्वासको समस्या पनि थियो ।

त्यस्तै विराटमा विराटनगर–११ का ४६ वर्षीय सङ्क्रमित पुरुषको बिहान ७ः५५ बजेतिर मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २० गते भर्ना गरिएको थियो । उपचारकै क्रममा आइसोलेसनमा उनको मृत्यु भएको विराटका कोभिड अस्पताल इन्चार्ज सुनिल देवले जानकारी दिए ।

विराटनगर–१३ की ७८ वर्षीया वृद्धा महिलाको पनि विराटमै मृत्यु भएको छ । कोरोना परीक्षण रिपोर्ट पोजिटिभ आएर स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि वैशाख १७ गते अस्पताल भर्ना गरिएको थियो । उनको बिहान ५ः१५ बजेतिर मृत्यु भएको जानकारी देवले दिए ।

सुनसरीको दुहवी नगरपालिका–११ का ३८ वर्षीय पुरुषको पनि विराटमै उपचारका क्रममा मृत्यु भएको छ । कोभिड अस्पताल इन्चार्ज देवका अनुसार बिहान ५ः३० बजेतिर उनको मृत्यु भएको हो । कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनलाई उपचारका लागि वैशाख १९ गते भर्ना गरिएको थियो ।

सुनसरीको बराहक्षेत्र नगरपालिका–११ की ३५ वर्षीया महिलाको बिहान ५ बजेतिर नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार कोरोना पुष्टि भएकी महिलालाई वैशाख २४ गते उपचारका लागि भर्ना गरिएको थियो ।

त्यस्तै सिरहाको भवानीपुर– ४ का ५० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उपचारका क्रममा बिहान ५ः१५ बजेतिर नोबेलमै उनको मृत्यु भएको प्रबन्धक दाहालले बताए । उनका अनुसार कोरोना पुष्टि भएपछि उनलाई उपचारका लागि वैशाख २४ गते भर्ना गरिएको थियो ।

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

नोबेल अस्पतालअगाडि फार्मेसीहरुको ठगी धन्दाको पर्दा फास ।

01/11/2026
दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

दुहबी नगर अस्पतालमाअँखा र कानको उपचार सेवा सुरु,मेयर गच्छदार द्वारा उद्घाटन

11/08/2025
डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

डा.अन्सारी द्वारा पाँचलाख ट्याब्लेट पारासिटामोल निःशुल्क वितरण गर्दै ।

08/04/2025
बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist