दुहबी / धरान वीपी कोइराला स्वास्थ विज्ञान प्रतिष्ठानको कोभिड अस्पतलामा उपचारारत दुहबी २ का ५२ वर्षिय कोरोना संक्रमित पुरूषको शुक्रबार बिहान मृत्यु भएको छ । दुहबीमा कोरोना संक्रमित बाट मृत्यु हुनेको संख्या ४ पुगेको दुहबी नगर स्वास्थ्य साखाले बताएका छन ।
दुहबीका संक्रमितको आज बिहान २ बजे मृत्यु भएको सहप्रवक्ता डा.श्रेष्ठले बताएका छन् ।
उनमा असोज १२ गते कोरोना पोजिटिभ भएपछी सोही दिन कोभिड अस्पतालमा भर्ना गरीएको थियो । संक्रमितमा मृगौलाको दीर्घरोग रहेको प्रतिष्ठानले जनाएका छन भने नेपाल सरकार स्वास्थ्य मन्त्रालय बाट पुष्टि हुन बाकी ।





