• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Login
Kochilakhabar
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका
No Result
View All Result
Kochilakhabar

कोशिमा कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि डाक्टरमाथि कुटपिट

काेचिला खबर by काेचिला खबर
08/05/2020
in स्वास्थ्य
70
SHARES
320
VIEWS
Share on FacebookShare on Twitter

प्रदेश १/ बिराटनगरको कोशी अस्पतालमा एक जना कोरोना संक्रमित बिरामीको मृत्यु भएपछि उनका आफन्तहरुले अस्पतालका डाक्टरमाथि नै कुटपिट गरेका छन् ।

जन्डिसका कारण कलेजोमा समस्या बढेपछि दुखाईसहित अस्पतालमा आएका विराटनगरका बिरामीको आइसोलेसनमा उपचार भइरहेको बेला मृत्यु भएको अस्पतालका वरिष्ठ फिजिसियन दिपक सिग्देलले जानकारी दिनुभएको छ ।

उहाँलाई मैले पनि हेरेको हुँ,लिभरको बिरामी हुनुहुन्थ्यो पेटमा पानी जमेको थियो र दुखाई थियो,डा. सिग्देलले भन्नुभयो उहाँमा कोरोनाको कुनै संकेत थिएन तर गम्भीरता हेर्दा हामीलाई शंका भयो र स्वाब संकलन गरेर बिहान परीक्षण गराउँदा पोजेटिभ आयो ।’

स्वाबको नतिजा आउनु अघिनै बिरामीको मृत्यु भएपछि बिरामीका आफन्तले हुलहुज्जत गरी उपचारमा संलग्न डाक्टर र स्वास्थ्यकर्मीलाई कुटपिट गरेका थिए । उनीहरुले मृतकको शव लैजान जबरजस्ती गरेको र स्वाबको रिपोर्ट नआएसम्म लास दिन मिल्दैन भनेर अस्पतालले पर्खन आग्रह गर्दा उनीहरुले डाक्टरलाई नै कुटेका हुन् ।

‘पीपीई लगाएर बिरामीको उपचारमा खटिएको डाक्टरलाई कुटेपछि कसरी काम गर्ने वातावरण हुन्छ,’ डा. सिग्देलले भन्नुभयो ।

चिकित्सकमाथि यसरी आक्रमण भएपछि सम्पूर्ण जोखि लिएर उपचारमा खटिएका डाक्टर र स्वास्थ्यकर्मीहरुलाई काम गर्न गाह्रो भएको डा. सिग्देलले बताउनुभयो ।

बुधबारको घटनाले कोशी अस्पतालका चिकित्सकसहित ९-१० जना स्वास्थ्यकर्मी आजैबाट क्वारेन्टाइनमा बस्नुपर्ने अवस्था आएको डा. सिग्देलले जानकारी दिनुभएको छ । संक्रमितका आफन्त र उनको हेरचाहमा संलग्नहरुले भिड जम्मा गरेर हातपात गर्दा संक्रमणको जोखिम बढेको हो ।

त्यस क्रममा मृतकका आफन्तहरुले नाराबाजीसमेत गरेका थिए। पछि कोरोना पोजेटिभ आएको सूचना पाएपछि होहल्ला गर्ने सबै भागेका थिए । अस्पतालले भने त्यहाँ उपस्थित सबैजना जोखिममा परेको र उनीहरुको पहिचान गर्नु चुनौतीपूर्ण भएको बताएको छ ।

पछिल्लो समय कोशी अस्पतालमा जचाउन आएका बिरामीहरु धेरै संक्रमित पुष्टि हुन थालेको र संक्रमितहरुमा एकैखालको नभई फरक फरक लक्षणहरु देखापर्न थालेकोले परीक्षणको दायरा फराकिलो बनाउनु पर्ने अवस्था रहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् ।

डा. सिग्देलले पनि प्रत्येक गम्भीर प्रकारका बिरामीको कोरोना परीक्षण अनिवार्य गर्नुपर्ने जस्तो अवस्था आएको बताउनुभएको छ । एकै प्रकारका लक्षणहरु छैनन्, पखला लागेकामा पनि कोरोना देखिएको छ आज लिभरको बिरामीमा पनि अरु लक्षण थिएन तर कोरोना देखियो त्यसैले अब हरेक सिरियस बिरामीको कोरोना परीक्षण गर्नुपर्ने देखिएको छ ।’

ADVERTISEMENT
काेचिला खबर

काेचिला खबर

काेचिला खबर डटकम (kochilakhabar.com) सुनसरीको दुहबीबाट प्रकाशित 'कोचिला खबर राष्ट्रिय दैनिक पत्रिका'को सह प्रकाशन हो । यस अनलाइनमा स्थानीय, समाज, राजनीतिलगायतका विषय तथा जनचासोका विषयहरु प्रकाशित गर्दै आइरहेका छौं ।

Related Posts

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

बेथितिकै मार्गमा कोशी अस्पताल: कार्यरत चिकित्सकलाई नियुक्त गर्नेगरी दरखास्त आव्हान

12/27/2024
कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

कोशी प्रदेशमा चुनौती बन्दै डेंगी नियन्त्रण

08/15/2024
गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

गोल्डेन हस्पिटलमा उपचार खर्च तिर्न नसक्दा बन्धक बनेको झण्डै दुई महिनापछि सुनसरीका दाजु–बहिनी घर फर्किए ।

08/14/2024
दुहबी ९ मा महिला संबंधित खतनाक रोगको एकिकृत स्कृनिङ सिबिर सन्चालन

दुहबी ९ मा महिला संबंधित खतनाक रोगको एकिकृत स्कृनिङ सिबिर सन्चालन

05/22/2024
कोशी प्रदेशका अस्पतालहरूमा रगतको हाहाकार रगतकै कारण बिरामीले सहज उपचार पाउने वातावरण छैन

कोशी प्रदेशका अस्पतालहरूमा रगतको हाहाकार रगतकै कारण बिरामीले सहज उपचार पाउने वातावरण छैन

04/20/2024
दुहबीका ८ उद्योगले अत्याधिक प्रदुषण गरेको कारण स्थानीयहरुको स्वास्थ्यमा समस्या:नगरवासीआक्रोशित

दुहबीका ८ उद्योगले अत्याधिक प्रदुषण गरेको कारण स्थानीयहरुको स्वास्थ्यमा समस्या:नगरवासीआक्रोशित

03/14/2024

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

काेचिला खबर दैनिक : सुनसरी जि. प्र. का. दर्ता नम्बर – २०४/२०७६/०७७

सम्पर्क कार्यालय

ठेगाना : दुहबी नगरपालिका, सुनसरी
मोबाइल : ९८४२५०६४६३ / ९८१७३३६६३३ / ९८०२७२७३९३
इमेल : kochilakhabar@gmail.com

हाम्रो टिम

सम्पादक : नवरत्न झा
कार्यकारी / समाचार सम्पादक : प्रेम प्रसाद गिरी
प्रबन्धक तथा सह-सम्पादक : अकवर अलि

No Result
View All Result

Design by :

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

No Result
View All Result
  • गृहपृष्ठ
  • मुख्य
  • समाचार
    • स्थानीय
    • समाज
    • विश्व
  • खेलकुद
  • मनाेरञ्जन
  • दृष्टिकाेण
  • स्वास्थ्य
  • जीवनशैली
  • अर्थ
  • अन्य
    • पत्रपत्रिका

© 2020 Kochila Khabar । All Right Reserve । ♥ powered by : IT Karkhana । आईटी कारखाना.

Welcome Back!

Login to your account below

Forgotten Password?

Create New Account!

Fill the forms below to register

All fields are required. Log In

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist